• The Public Today
  • थप १० संक्रमितको मृत्यु,मृतकको संख्या १९२७


    काठमाडौं,पुस २७ गते: पछिल्लो चौबीस घण्टामा मुलुकभर कोरोना संक्रमणका कारण १० जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १९ सय २७ पुगेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा पाँच हजार तीन सय नौजनाको पीसीआर गरिएकामध्ये चार सय ८८ जनाको नतिजा पोजेटिभ आएको छ ।

    नेपालमा आज सोमबारसम्म जम्मा संक्रमितको संख्या दुई लाख ६५ हजार दुई सय ६८ जना पुगेको छ । त्यस्तै पछिल्लो चौबीस घण्टामा पाँच सय २७ जना निको भएका छन् ।

    योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ५८ हजार ९ सय ६८ पुगेको छ । हालसम्म क्‍वारेन्टिनमा २३७ जना छन् भने चार हजार तीन सय ७३ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।


    क्याटेगोरी : मुख्य समाचार, समाज


    प्रतिक्रिया दिनुहोस