• The Public Today
  • राष्ट्रिय झण्डा फहराउदै दारी ग्याङ्गले मनायो पृथ्वी जयन्ती


    ढल्केवर, पुस २७ गते । राष्ट्रिय झण्डा फहराउदै दारी ग्याङ्ग धनुषाले २९९ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाएको छ । राष्ट्रिय नागरिक आन्दोलनको सहयोगमा दारी ग्याङ्ग धनुषाले सोमवार धनुषाको ढल्केवरमा २९९ औं पृथ्वी जयन्ती मनाएका हुन् ।

    दारी ग्याङ्ग तथा राष्ट्रिय नागरिक आन्दोलन समुहका युवाहरुले राष्ट्रिय झण्डा फहराउदै पृथ्वी नारायण शाहको तस्वीर अंकित ब्यानरसहित ¥याली निकालेर नगर परिक्रमा गरेका थिए । ¥याली ढल्केवर चौकको विभिन्न भागमा परिक्रमा गरेर शहिद पार्कमा पुगेर सम्पन्न भएको थियो ।

    युवाहरुले पार्कमा नेपालको नक्सा र पृथ्वी नारायण शाहको चित्र समेत बनाएका थिए । ¥याली पश्चात उनीहरुले पृथ्वी ज्यन्तीको अवसरमा दीप प्रज्वलन समेत गरेका थिए ।

    राष्ट्रिय झण्डा फहराउदै नेपालको नक्सा र पृथ्वी नारायण शाहको चित्रमा दीप प्रज्वलन गरेर पृथ्वी जयन्ती मनाएको दारी ग्याङ्ग धनुषाको संयोजक देवराज घिमिरेले बताए ।


    क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय, समाज


    प्रतिक्रिया दिनुहोस