• The Public Today
  • रमतेल डाँडा वन प्रकरण : वन प्रमुख साहमाथि अनुसन्धान


    राजकरण महतो
    बर्दिबास, पुष २७ गते :
    रमतेल डाँडा सामुदायिक वनको जग्गा अतिक्रमण तथा वन कटान प्रकरण प्रकरणमा डिभिजन वन कार्यालय महोत्तरीका प्रमुख हेमन्त प्रसाद साहमाथि छानविन गरिएको छ ।

    साह अनुसन्धानका लागि प्रदेश २ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा हाजिर भएका छन् । मन्त्रालयका सूचना अधिकारी बेचन महतोका आनुसार, वनको जग्गामा लगाएको रुख के कति कारणले काटान गरियो र सार्वजनिक जग्गा कसरी अतिक्रमित बन्न पुग्यो भन्ने विषयमा अनुसन्धान गर्न उनलाई मन्त्रालयमा बोलाइएको छ ।

    साहसहित वन कटना गर्न स्थगत मुचुलका गर्ने सबैलाई डिभिजन वन कार्यालय महोत्तरीले व्यान लिइरहेको छ । वन कटान प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासले पनि गहिरो अनुसन्धान गरिरहेको छ ।

    रमतेल डाँडाको वन फडानी प्रकरणको छानविन गर्न प्रदेश २ को वन मन्त्रालयले उच्चस्तरीय छानविन टोली गठन गरेर अनुसन्धान गरिरहेको छ । वन मन्त्रालयका उप–सचिव नन्दलाल राय यादवको संयोजकत्वमा वन कटानी बारे जाँचबुझ गर्न गठित समितिमा कानुन अधिकृत बालकृष्ण मिश्र र वन व्यवस्थान अधिकृत बेचन चौधरी छन् ।

    पुस ९ गते प्रदेश वन निर्देशनालयका निर्देशक जगन्नाथ जयसवालको टोलीले वन कटानी स्थलगत निरीक्षण गरेर वन मन्त्रालयमा पुस १२ प्रतिवेदन पेश गरेका थिए । त्यसपछि गत पुस १३ गते वन मन्त्रालयले छानविन टोली गठन गरेको थियो ।

    गत मंसिरको अन्तिम सातामा भू–माफियाको गिरोहले महोत्तरीको बर्दिबास–१स्थित रमतेल डाँडा सामुदायिक वनको ३ विघा १८ कठ्ठा वन व्यक्तिले कटानी गरेका थिए । घटनाका दोषी उपर कडा कारवाही गर्न स्थानीयहरुले माग गर्दै आएका छन् । स्थानीय युवाहरुले आइतबार वन फडानीको विषयमा छानविन गर्दै दोषीलाई कारवाही गर्न इलाका प्रशासन कार्यालय बर्दिबासका प्रमुख सन्देश मास्के मार्फत जिल्ला प्रशासन कार्यालय महोत्तरी, प्रदेश २ सरकार र प्रधानमन्त्री कार्यालयलाई ध्यानार्षण पत्र बुझाएका छन् । वन प्रमुख साहमाथि कारवाहीको माग गर्दै शनिबार स्थानीयहरुले बर्दिबासमा प्रदर्शन गरेका थिए ।

    अवैध रुपमा वन कटानीको लागि भू–माफियालाई सहयोग गरेको आरोपमा रमतेल डाँडा सामुदायिक वनका अध्यक्ष शेर बहादुर राउत यसअघि पक्राउ गरिसकेका छन् । जग्गाधनी लिलामणि आचार्य र कृष्णप्रसाद गौतम, काठ व्यपारी सिन्धुलीको सुनकोशीका सन्दिप नेपालीलाई पक्राउ गर्न महोत्तरी जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरिसकेको छ । तर उनीहरु अझै पक्राउ पर्न सकेका छैनन् ।

    वन कटानी प्रकरणमा पौष १२ गते सव–डिभिजन वन कार्यालय बर्दिबासमा सहायक वन अधिकृत लक्ष्मण प्रसाद साह सहित ७ कर्मचारी निलम्बनमा परेका थिए । वनको जग्गाको यकिन गर्न सोमबार नापी कार्यालय बर्दिबासले ११ बजे फेरि नापी गर्दै छ ।

    नापी कार्यालय बर्दिबासका अमिन राम दरश राउतको गरेको गलत नापीले खोलामा पर्ने व्यक्तिको नम्बरी जग्गा संरक्षित सामुदायिक वन क्षेत्रमा परेको ठहर गरेको थियो ।

    त्यसको आधारमा जग्गाधनी आचार्य र गौतमलाई वन कार्यालयले १ विघा विघा २ कठ्ठा ११ धुरमा पर्ने १ सय वटा कुकाठको रुख कटान गर्न आदेश दिएको थियो । तर, उनीहरुले ३ विघा १८ कठ्ठा क्षेत्रफलमा पर्ने ४ सय ६ वटा रुख कटान गरेर वनको जग्गा कब्जा गर्न खोजेको देखिन्छ ।

    वन अतिक्रमण घटनाको प्रारम्भिक जाँचबुझमा खटिएका साहयक वन अधिकृत बेचन ठाकुरको टोलीले पाँच दिन लगाएर तयार पारेको एक रिर्पोट अनुसार कटना गरिएको रुखको ४ सय ६ टुटाको नापी गर्दा वन क्षेत्रमा ३ हजार ३ सय ६५ क्वीफिट काट कटान गरी वन क्षेत्रमा हानीनोक्सानी पुर्‍याइएको छ । सरोकारवलाहरुको रोहोबरमा कटान गरिएको क्षेत्रबाट वन कार्यालय महोत्तरीले रुखका गोलीयो ढुवानी गरेर सशस्त्र वन सुरक्षा शाखा माइस्थानमा राखेको छ ।

    जग्गाधनीले २५ नम्बर बहादुरगंज ३(क) कित्ता नं.२ को १ विघा २ कठ्ठा ११ धुरको लालपुर्जा डिभिजन वन कार्यालयमा पेश गर्दै त्यहाँ भएको ३ सय ८५ जना रुख कटान गर्न २३ असोज २०७७ मा वनसंग आदेश मागेका थिए ।

    त्यसपछि वन, नापी, मालपोत कार्यालयको गएको स्थलत टोलीले जग्गाधनीले देखाएको जग्गाको नापी, रुखको अवस्था बारे मुचुलका गरेका थिए । नापी कार्यालय बर्दिबासका सर्भेक्षक राउतले जग्गाधनीको जग्गा वन क्षेत्रमा ठहराएका थिए । २८ कात्तिक २०७७ मा सहायक वन अधिकृत लक्ष्मण यादवको नेतृत्वको जग्गाको स्थलगत जाँचबुझ्न टोली गएका थिए । यादवको टोली निलम्बनमा परिसकेका छन् ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राष्ट्रिय, समाज


    प्रतिक्रिया दिनुहोस