• The Public Today
  • बलात्कारको आरोपमा २० वर्षीय युवक पक्राउ


    सुर्खेत, पुष २७ गते । दैलेखमा एक युवक बालिका बलात्कारको आरोपमा पक्राउ परेका छन । गुराँस गाँउपालिकाकी-१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा २० वर्षीय राजन विक पक्राउ परेका हुन् ।

    घरमा कोही नभएको अवस्थामा बालिकालाई जबरजस्ती करणी गरेको भन्ने सूचनाको आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डीएसपी अनुपम श्रेष्ठले जानकारी दिए ।

    डीएसपी श्रेष्ठका अनुसार स्थानीय एक व्यक्तिले उक्त घटनाबारे प्रहरीलाई खबर गरेलगत्तै खटिएको प्रहरी टोलीले विकलाई पक्राउ गरेको थियो ।

    पक्राउ परेका युवकलाई अदालतबाट म्याद थपको अनुमति लिएर थप अनुसन्धान प्रक्रिया थालिएको प्रहरीले जनाएको छ ।


    क्याटेगोरी : अपराध, मुख्य समाचार, समाज


    प्रतिक्रिया दिनुहोस