• The Public Today
  • बालविवाह गर्ने र गराउने आरोपमा ४ जना पक्राउ


    द पब्लिक टुडे
    सप्तरी, माघ ६ गते ।
    बालविवाह गर्ने र गराउने कार्यमा संलग्न रहेको भन्दै सप्तरी प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।

    जिल्लाको हनुमाननगर कंकालिनि नगरपालिका–१४ रामपुरबाट सोमबार बेलुका उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    पक्राउ पर्नेहरूमा सोही नगरपालिका बस्ने १५ वर्षीया बेहुली, तिरहुत गाउँपालिका–३ बस्ने बेहुला ४३ वर्षीय बिनोद सुतियार, विवाह गराउने कार्यमा संलग्न सोही ठाउँ बस्ने ६७ वर्षीय रामेश्वर शर्मा र बेहुलीकी ४५ वर्षीया आमा रहेका छन् ।

    बालविवाह भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी रामपुरमल्हनियाबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।


    क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस