• The Public Today
  • धनुषामा ५ लाखको लुटपाट


    जनकपुरधाम, माघ ७ गते : धनुषाको विदेह नगरपालिकामा डकैती भएको छ ।

    मंगलबार राति विदेह नगरपालिका–३ स्थित चिकनाका सगमलालको घरमा डेरा गरि बस्ने विजय साहको घरमा डकैती भएको प्रहरीले जनाएको छ ।२ लाख नगद, तीनतोला सुन र ४० तोला चाँदी गरि पाँच लाख बढीको लुटपाट गरी डाँका फरार भएको दुहबी प्रहरीचौकीले जनाएको छ ।

    घटना विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।जनकपुर घर भएका साह चिकनामा डेरा गरि बसेर विदेह नगरपालिकाको तीनकौरिया बजारमा ज्वेलर्स सञ्चालन गरेका छन् ।


    क्याटेगोरी : मुख्य समाचार, समाज


    प्रतिक्रिया दिनुहोस