• The Public Today
  • कोरोना भ्याक्सिनको पहिलो खोप भोलि काठमाडौं आइपुग्ने


    काठमाडाैं, माघ ७ गते । कोरोनाभाइरसविरुद्ध भारतमा उत्पादित खोप भोलि बिहीवार नै काठमाडौं आइपुग्ने भएको छ ।

    भारतको सेरम इन्स्टिच्युटले उत्पादन तथा बेलायतको अक्सफोर्ड युनिभर्सिटी र एक्ट्राजेनेकाले विकास ‘कोभिशिल्ड भ्याक्सिन’ भोलि काठमाडौं आइपुग्ने घोषणा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र भारतीय दूतावासले बुधवार संयुक्त पत्रकार सम्मेलन गरी गरेको हो ।

    ‘खोपको पहिलो खेप भोलि नै काठमाडौंमा अवतरण हुँदैछ । कुल जनसंख्याको ७२ प्रतिशत जनसंख्यालाई खोपका लागि उपयुक्त जनसंख्याको रूपमा लिएका छौं । ३ प्रतिशत जनसंख्या सफाइकर्मी, चिकित्साकर्मी, एम्बुलेन्स चालक र शव व्यवस्थापनमा सक्रिय सुरक्षाकर्मीलाई केन्द्रित गरेर खोप दिइने छ,’ भारतीय राजदूत विनयमोहन क्वात्रा समेत सहभागी पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले भने ।

    उनले अनुदानमा खोप उपलब्ध गराउन लागेको भन्दै राजदूत क्वात्रामार्फत भारत सरकार र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद दिए ।

    साथै उनले खोप ल्याउने काम एकदमै पारदर्शी ढंगले हुने दाबी गरे ।

    ‘​अपारदर्शी काम गर्ने छैन, त्यस्तो फाइलमा म ओम पनि लेख्दिनँ,’ मन्त्री त्रिपाठीले भने ।

    उनका अनुसार पहिलाे लटमा १० लाख डोज खोप आउने छ ।


    क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस