• The Public Today
  • पाँच बेडको कोभिड अस्पताल उद्घाटन


    द पब्लिक टुडे
    गौशाला, माघ ८ गते ।
    महोत्तरीको मटिहानी नगरपालिका–९ स्थित स्वास्थ्यचौकीमा पाँच बेडको कोभिड अस्पताल उद्घाटन गरिएको छ ।

    नेपाल सरकार र मटिहानी नगरपालिकाको सहयोगमा वडा नंं ९, सिमरदही स्थित स्वास्थ्य चौकीमा ५ शैय्याको अस्पताल स्थापना गरिएको हो ।

    बुधवार मटिहानी नगरपालिका नगरप्रमुख हरि प्रसाद मण्डलले एक समारोहका वीच कोभिड अस्पतालको उद्घाटन गर्नुभएको छ ।

    नगरप्रमुख मण्डलले जनताको स्वास्थ्य नै सबैभन्दा महत्वपूर्ण भएकाले जनतालाई कसरी स्वास्थ्य राख्ने भन्नेमा नगरपालिका लागि परेको बताउनुभयो ।

    नेपाल सरकारले अस्पताल नभएका स्थानीय तहमा न्युनतम पाँच बेडको कोभिड–१९ अस्पताल सञ्चालन गर्ने निर्देशन भए अनुसार अस्पताल संचालनमा ल्याएको भन्दै नगर प्रमुख मण्डलले नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राखी काम गरिरहेको बताउनुभयो ।

    मटिहानी नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष आविद हुसैनको अध्यक्षतामा भएको कार्यक्रममा उपस्थित वक्ताहरुले कोभिड–१९ वारे प्रकाश पारेको समाचार आजको द पब्लिक टुडे मा छ ।


    क्याटेगोरी : मुख्य समाचार, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस