• The Public Today
  • मुलुक निर्वाचनमा गइसक्यो, हाम्रै बहुमत आउँछ : पौडेल


    काठमाडौं,माघ ८ गते : अर्थमन्त्री विष्णु पौडेलले कोरोनाको खोप सरकारले नि:शुल्क उपलब्ध गराउने बताएका छन्। प्रेस संगठन नेपालको दोस्रो राष्टिय भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

    ‘कोरोनाको गुणस्तरीय खोप ल्याउने तयारीमा गरिरहेका छौँ। सरकारले कोरोनाको खोप नि:शुल्क उपलब्ध गराउँछ’ उनले भने, ‘निर्वाचनको तयारी लाग्दा पनि सरकारले कोरोनाको खोप उपलब्ध गराउँछ ।’

    कार्यक्रममा उनले मुलुक निर्वाचनमा गइसकेको पनि बताए। ‘मुलुक निर्वाचनमा गइसक्यो, वैशाख १७ र २७ मा निर्वाचन हुन्छ। ओली नेतृत्वको नेकपाले नै निर्वाचनमा बहुमत ल्याउँछ’ उनले भने, ‘सरकारलाई पार्टीभित्रैबाट काम गर्न नदिएको कारणले प्रधानमन्त्रीले निर्वाचन तोक्नुभएको हो।’


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राजनीति


    प्रतिक्रिया दिनुहोस