• The Public Today
  • ३३६ संक्रमित थप,चारजनाको मृत्यु


    काठमाडौं,माघ ८ गते : पछिल्लो चौबीस घण्टामा मुलुकभर कोरोना संक्रमणका कारण चारजनाको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या नेपालमा एक हजार नौ सय ७९ पुगेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा पीसीआर गरिएका पाँच हजार ३० मध्ये तीन सय ३६ जनाको नतिजा पोजेटिभ आएको छ ।नेपालमा बिहीबारसम्म जम्मा संक्रमितको संख्या दुई लाख ६८ हजार ६ सय ४६ जना पुगेको छ ।

    त्यस्तै पछिल्लो चौबीस घण्टामा २२६ जना निको भएका छन् । योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ६२ हजार ८ सय ६८ पुगेको छ ।

    हालसम्म क्वारेन्टिनमा १७२ जना छन् भने तीन हजार ७ सय ९९ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।


    क्याटेगोरी : मुख्य समाचार, समाज


    प्रतिक्रिया दिनुहोस