प्रधानमन्त्री मोदी र मुख्यमन्त्रीहरूले दोस्रो चरणमा खोप लगाउने

एजेन्सी : भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र राज्यका मुख्यमन्त्रीहरुले दोस्रो चरणमा कोभिड–१९ विरुद्धको खोप लगाउने भएका छन्। भारतमा यही जनवरी १६ मा पहिलो चरणको देशव्यापी खोप अभियान सुरु गरिएको थियो।

जसमा करिब तीन करोड डोज खोप लगाउने तयारी छ। पहिलो चरणमा सरकारले स्वास्थ्यकर्मी र वृद्धवृद्धालाई यो खोप दिँदैछ।

सरकारी अधिकारीहरुका अनुसार आगामी मार्च वा अप्रिलमा शुरु हुने दोस्रो चरणको अभियानमा ५० वर्षभन्दा माथिका सबै सांसदहरुलाई पनि खोप दिने तयारी छ।