धनुषामा एक वडाध्यक्षको निधन

जनकपुरधाम, माघ ९ गते । धनुषामा एक वडाध्यक्षको निधन भएको छ । धनुषाको जनकनन्दनी गाउँपालिका वडा नम्बर २ का अध्यक्ष भोगी पाठकको निधन भएको छ ।

अक्समात विरामी हुँदा उपचारकालागि बिहीबार भारतको मधुवनी लगिएकोमा त्यहीँ ५५ वर्षीय अध्यक्ष पाठकको मृत्यु भएको हो ।

निधन भएका वडा अध्यक्ष पाठकलाई यसअघि आरडिटी पोजेटिभ देखिएपछि गत चैतको अन्तिम साता गाउँकै क्वारेन्टिनमा राखिएको थियो ।

२०७४ साल असोज २ गते भएको स्थानीय तहको निर्वाचनमा पाठक नेपाली कांग्रेसबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए ।