• The Public Today
  • सर्लाही र धनुषाबाट पेस्तोलसहित २ जना पक्राउ


    द पब्लिक टुडे
    गौशाला,माघ १० गते ।
    सर्लाही र धनुषा जिल्लाबाट पेस्तोलसहित दुईजना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा सर्लाहीको गोडैता नगरपालिका ८ बस्ने ५० वर्षीय अरुण मिश्र रहेका छन् । उनलाई कविलासी नगरपालिका(१० चमेलीमाइबाट हतियारसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी मदन कुँवरले जानकारी दिएका छन् ।उनको साथबाट ७।६५ एमएम लेखिएको एक थान पेस्तोल बरामद भएको छ ।

    यस्तै, धनुषाको जनकपुरधाम उप(महानगरपालिका(१९ बाउन्न बिघास्थित बाटोबाट लक्ष्मीनियाँ गाउँपालिका(१ सोहनीका १९ वर्षीय विवेक यादव पक्राउ परेका छन् ।

    विशेष सूचनाको आधारमा उनको शरीर खानतलासी गर्दा २ थान नलकटुवा पेस्तोल फेला परेको प्रहरी धनुषका प्रहरी प्रवक्ता मकेन्द्र कुमार मिश्रले जानकारी दिए ।उनलाई जिल्ला प्रहरी कार्यालय धनुषाको नियन्त्रणमा राखी हातहतियार मुद्दा शीर्षकमा म्याद थप गराई अन्य अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।


    क्याटेगोरी : अपराध, ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राष्ट्रिय

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस