• The Public Today
  • चर्चित अमेरिकी टेलिभिजन प्रस्तोता ल्यारी किङको निधन


    माघ १० गते । अमेरिकाका प्रसिद्ध टेलिभिजन प्रस्तोता ल्यारी किङको निधन भएको छ ।

    विश्वका शक्तिशाली नेताहरु, चर्चित सेलिब्रिटीदेखि सामान्य व्यक्तिसम्मका अन्तरवार्ता लिएर आधा शताब्दीसम्म चर्चामा रहेका सञ्चारकर्मी किङको शनिबार निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। उनी ८७ वर्षका थिए।

    उनको नाममा स्थापित ल्यारी किङ फाउन्डेसनले उनको उपचारका क्रममा निधन भएको मात्र बताएको छ। रोग र निधनको कारणबारे खुलाएको छैन। तर सीएनएनले भने कोरोना भाइरसबाट संक्रमित भएर अस्पतालमा उपचार गराइरहेको बताएको छ।

    सीएनएनमा उनले प्रस्तुत गर्ने ल्यारी किङ लाइभ नामक टक शो निकै चर्चित थियो। उनले पाँच दशक विश्वका प्रमुख राजनीतिज्ञ, सेलिब्रिटी तथा न्युजमेकरहरु अन्तर्वार्ता गरेका थिए।

    २५ वर्ष सीएनएनसँग आवद्ध रहेका उनी सन् २०१० मा उनी ल्यारी किङ लाइभबाट रिटायर भएका थिए । एजेन्सी


    क्याटेगोरी : मुख्य समाचार, विदेश

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस