• The Public Today
  • बजाजको नयाँ तीन पांग्रे अटो बजारमा


    द पब्लिक टुडे
    बर्दिवास, फागुन १५ गते ।
    बजाजको नयाँ तीन पांग्रे अटो बजारमा आएको छ । नेपालका लागि बजाज अटो लिमिटेडले भारतको अधिकारिक बितरक गोल्छा ग्रुप अन्तर्गतको हंसराज हुलासचन्द एण्ड कम्पनीले नयाँ बाजाज तीनपांग्रे अटो (बजाज आरई बिएस सिक्स) अटो बजारमा ल्याएको हो ।

    अहिले चल्दै आएको २०० सीसीको अटोलाई मोडिफाई गर्दै २३६ सीसीको बजाज अटो बजारमा ल्याइएको र यसले उच्चतम् पावर र तानशक्ति दिनुका साथै माइलेज पनि ज्यादा प्रदान गर्ने कम्पनिले जनाएको छ । नयाँ ड्यासवोर्डमा एफएम तथा एमपीथ्री जडित यो नयाँ आरई अटोमा धेरै स्टाइलिश फिचरहरु प्रदान गरिएको बताइएको छ ।

    सवारीहरुका लागि ढोका, चालकको आरामका लागि फुट रेस्ट, सवारीहरूले बाहिर सजिलै हेर्न सकिने गरि डिजाईन गरिएको पछाडीको हुड, धेरै हावा सेर्कुलेट हुने गरी डिजाइन गरिएको इन्जिन कभर, अझ धेरै क्लियर हेडलाईटसहित थप फिचर रहेको यो नयाँ आरईको शुरुवाती बजार मुल्य रु ५६४९०० राखिएको जनाइएको छ ।

    अटोकोटिभ रिसर्च एशोसिएसन अफ इण्डियाको टेस्ट अनुसार यो नयाँ आरईले ३० कि.मिप्रति लिटरको माइलेज प्रदान गर्ने बताइएको छ ।

    बजाज अटोको नेपालभरीका डिलरहरुमा उपलब्ध यो नयाँ आरईमा एक्सचेन्ज र फाइनान्सको पनि सुविधा रहेको जनाएको छ ।


    क्याटेगोरी : अर्थ, बजार, मुख्य समाचार, विविध, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस