• The Public Today
  • धनुषाको ढल्केवरमा महोत्सवले छाएको उत्साह [फोटोफिचर]


    द पब्लिक टुडे 
    ढल्केवर, बैशाख ७ गते । धनुषाको मिथिला नगरपालिकामा ढल्केवर मिथिला महोत्सवले उत्साह छाएको छ । महोत्सवमा दर्शकले मनोरञ्जन बटुलिरहेका छन् ।

    धनुषा मिथिला नगरिको औधोगिक व्यापार, परम्परागत कला संस्कृति तथा कृषि पर्यटन प्रबद्र्धनको निमित्त गत चैत २९ गते बाट सुरु भएको हो ।

    चैत २९ गते मिथिला नगरपालिकाका मेयर हरिनारायण महतोले उद्घाटन गरेको महोत्सव बैशाख १२ गतेसम्म चल्ने बताइएको छ । महोत्सवको नवाैं दिन सोमवार चर्चित गायक रमेशराज भट्टराइको विशेष प्रस्तुती रहेको थियो । उनले बेहुला बनाउछु भन्थी बहुला बनाएर गइ, राजा बनाउछु भन्थी बाजा बजाएर गइर् लगायत आधा दर्जन चर्चित गीतहरु महोत्सवमा पस्केका थिए । उनको गीतमा दर्शकहरू खुबै रमाएका थिए ।

    स्थानीय बस्तुहरूको प्रदर्शनी, व्यावसायिक स्टल, अत्याधुनिक खेल सामग्री, चर्चित कलाकारको प्रस्तुतीकरण रहने महोत्सव अवलोकन गर्न प्रति टिकट ५० रुपैंया शुल्क राखिएको छ  ।

    तस्विरहरू : विजय कुमार सिंह/द पब्लिक टुडे


    क्याटेगोरी : फोटो फिचर, ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राष्ट्रिय, समाज


    प्रतिक्रिया दिनुहोस