• The Public Today
  • एन्ड्रियाले जितिन् ‘मिस यूनिभर्स २०२०’को उपाधि


    द पब्लिक टुडे
    गौशाला, जेठ ३ गते ।
    ‘मिस यूनिभर्स २०२०’को ताज मेक्सिकोकी एन्ड्रिया मेजाले जितेकी छिन् । पूर्व मिस यूनिभर्स जोजिबिनी टुन्जीले उनलाई ताज लगाइदिएकी छिन् । अमेरिकाको फ्लोरिडामा आयोजना भएको प्रतियोगितामा सफ्टवेयर इन्जिनियरिङमा डिग्री हासिल गरेकी यी सुन्दरीले उपाधि जितेकी हुन् ।

    ‘यदि तपाईं देशको लिडर हुनुभयो भने कोभिड १९ नियन्त्रणका लागि कस्तो कदम चाल्नुहुन्छ भन्ने प्रश्नमा उत्कृष्ट जवाफ दिंदै उनले उपाधि जितेकी हुन् ।

    ब्राजिलकी जुलिया गामा फस्ट रनरअप हुँदा पेरुकी ज्यानिक मासेटा सेकेन्ड रनरअप भएकी छिन् । यो प्रतियोगितामा नेपालकी अनिष्का शर्माले पनि सहभागिता जनाएकी थिइन् । तर, उनले उत्कृष्ट २१ मा पनि स्थान बनाउन सकिनन् । एजेन्सी


    क्याटेगोरी : मनोरंजन, मुख्य समाचार

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस