• The Public Today
  • बर्दिबास : उपभोक्तालाई कुहिएको मासु !


    बर्दिबास, जेठ ३१ गते । बिहानको ८ बजेतिरको कुरा हो । ६–७ जनाको एक समूह महोत्तरीको बर्दिबासस्थित न्यू सुरज बर्दिबास मिट हाउसकहाँ पुग्यो । ‘तपाईँहरुलाई कति मासु चाहियो,’ उनीहरुलाई देखेपछि पसले भन्यो । ‘हामी मासु किन्न आएका होइनौं, तपाईको मिट हाउस अनुगमन गर्न आएका छौं,’ अनुगमन टोलीले भने । पसले डराएँ ।

    ‘फ्रिज खोल्नुस् त हेरौं,’भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र जलेश्वरका प्रमुख डा। संजीव कुमार ठाकुरले भने । ‘हाम्रो पसलमा केही छैन , सब ठीक छ । हामी खराब मासु बिक्री गर्दैनौं,’पसल संचालक रिता देवी महतोले उनलाई जवाफ फर्काइन् ।

    उनको कुरोमा अनुगन टोलीलाई विश्वास लागेन । करै गरेपछि बलबल उनले डिप फ्रिज खोलिन् । नाक थुकेर अनुमगन टोली त्यहाँबाट हतार हतार बाहिर निस्कियो । उनीहरु बाहिर निस्किनुको कारण थियो–फ्रिजमा उपभोक्तालाई बिक्री गर्न पाँच दिनअघि राखेको खसीको मासु थियो । जुन दुगंदुग गनाइरहेको थियो ।

    जिल्ला प्रशासन कार्यालय महोत्तरीको सहायक सिडीओ उपेन्द्र न्यौपानेको नेतृत्व टोलीले मिट हाउसको दुईवटा फ्रिजबाट कुहिएको १३ किलो ७ सय ग्राम खसीको मासु बरामद गरे ।मुचुलका उठाएर गाडेर नष्टि गरि कारवाही प्रक्रिया अघि बढाएको छ ।

    मासु पसलले उपभोक्तहरुको स्वास्थ्यसँग खेलबाड गरिरहेको यो एउटा उदाहरण हो । अनुगमन टोलीले कुहेको मासु नष्ट नष्ठ नगर्दो हो भने उपभोक्तको भान्छामा पुग्ने निश्चित नै थियो । ‘कुहिएको मासु खाँदा पखाला लाग्ने, भुमिटिङ्ग आउने सम्भावना रहन्छ,’ डा। ठाकुरले भने,‘मासु काट्ने वित्तिकै फ्रिजमा राख्नुपर्छ ।फ्रिजलाई चौंबीसै घण्टा अन राख्नुपर्छ ।’तर, मासु राखिएको यो मिट हाउसको फ्रिज पाँच दिनदेखि बन्द थियो ।

    कोरोना महामारी नियन्त्रणका लागि अहिले निषेधज्ञा छ । बजार बन्द रहे पनि दैनिक उपभोग्यका पसलहरु बिहान बेलुका खुल्छ । अभावमा उपभोक्तहरु ठग्ने, गुणस्तरीय चिजवस्तु पसलले नदिएको गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालय महोत्तरीले जिल्लाका हाटबजार तथा पसलहरुमा छड्के अनुगमन गरिरहेको छ ।

    बर्दिबासका मासु पसल, खाद्यान्न पसल र भेटनरीका औषधि पसलमा अनुगमन गरिएको प्रशासकीय अधिकृत कामेश्वर यादवले जनाए ।अनुगमनका क्रममा कपलेश्वर भेट फार्मामा म्याद गुज्रिएको भ्याक्सिन फेला परेको थियो ।

    खाद्यय प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय जलेश्वरका प्रमुख श्रवन साहका अनुसार, बसन्त जेनरल स्टोरमा उपभोग मिति सकिएको फन्टा र ओरेन्ज फेलेबरको जुस भेटिएको छ । स्रोत : अन्नपूर्ण


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस