• The Public Today
  • चुरे दिवसमा दिलिप प्रतिष्ठानद्वारा अन्तरक्रिया : चुरे विषयमा गम्भिर बहस


    ढल्केवर, असार २ गते । चुरे दिवसको अवसरमा धनुषाको ढल्केवरमा अन्तरक्रिया कार्यक्रम गरिएको छ ।

    ओम प्रकाश महतो दिलिप पर्यावरण संरक्षण प्रतिष्ठानले ७ औं चुरे दिवसको अवसरमा ढल्केवरमा अन्तरक्रिया कार्यक्रम गरेको छ । प्रतिष्ठानकी अध्यक्ष संगम कुमारी महतोको अध्यक्षता तथा प्रदेशसभा सदस्य रामअशिष यादवको प्रमुख आतिथ्यमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो ।

    कार्यक्रममा वक्ताहरूले चुरेको विषयमा बहस गरेका थिए । उक्त क्रममा उनीहरूले सरकारले बजेट भाषणमार्फत ढुंगा, गिट्टी, बालुवा निकासी खोल्ने घोषणाको चर्को विरोध गरेका थिए ।  उनीहरूले उक्त निर्णय तत्काल फिर्ता लिएर सरकार चुरे संरक्षण गर्ने तर्फ अग्रसर हुनुपर्नेमा जोड दिएका थिए ।

    कार्यक्रममा सहभागी अधिकांश वक्ताहरूले अवैध रूपमा भइरहेको चुरे दोहन नरोकिए तराइ—मधेश मात्र नभइ देशनै मरूभूमी बन्नेमा चिन्ता व्यक्त गरेका थिए । 

    प्रतिष्ठानका सचिव फुलगेन महतो मगहीले सञ्चालन गरेको कार्यक्रममा सदस्य कैलाश महतोले स्वागत मन्तव्य राखेका थिए ।

    कार्यक्रममा विशिष्ट अतिथि राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिका बोर्ड सदस्य शशी शर्मा, मिथिला नगरपालिकाकी उपमेयर तारा कुमारी बस्नेत लामा, जनकपुरधाम वन प्राविधिक समाजका महासचिव तथा पर्यावरण अभियन्ता सुरेश शर्मा, राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति जनकपुरका आयोजना प्रमुख शिव पोखरेल, सामुदायिक वन उपभोक्ता महासंघ प्रदेश २ का अध्यक्ष सोमप्रसाद शर्मा, युवा पत्रकार तथा समाजिक अभियन्ता राजकरण महतो, पत्रकार शैलेन्द्र महतो क्रान्तिलगायतका अतिथिहरूको उपस्थिती रहेको थियो ।

    गिट्टी–बालुवा निकासी खोल्ने सरकारको निर्णयविरुद्ध दिलीप प्रतिष्ठानद्वारा प्रदर्शन

    दिलिपको सम्झनामा चुरे बाटिका बनाइँदै, चुरे संरक्षणमा टेवा पुग्ने विश्वास

    २५ पौष २०७६ मा खोलाको अबैध उत्खन्न रोक्न गएका धनुषाको मिथिला नगरपालिका–५ श्रीपुरका २४ बर्षीय महतोको क्रसर डनले हत्या गरेका थिए । दिलिपलाई कोखमा ‘लिभर’ प्रहार गरी घाइते बनाएर टिपरले किचेर हत्या गरिएको थियो । हत्या गरेको आरोपमा तीन जना पुर्पक्षका लागि कारागारमा छन् ।

    हत्या गरिएका पर्यावरण अभियन्ता दिलिपको सम्झनामा प्रतिष्ठान गठन गरिएको छ । प्रतिष्ठानले चुरे तथा पर्यावरण संरक्षणका निम्ति काम गर्दै आएको छ । प्रतिष्ठानलगायत जनमानसबाट उठेको दिलिपलाई पर्यावरण शहिद घोषणा गर्नुपर्ने माग सरकारले बेवास्ता गर्दै आएको छ ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राष्ट्रिय, समाज


    प्रतिक्रिया दिनुहोस