• The Public Today
  • फिल्म ‘एक्स ९’मा सुनिल सेट्टीलाई भिलेनको अफर


    गौशाला, असार ४ गते । बलिउड निर्देशक मुकुन्द भट्टले केहि समय अघि फिल्म ‘एक्स ९’ बनाउने घोषणा गरेका थिए । जुन फिल्ममा अभिनय गर्न बलिउड अभिनेता सुनिल सेट्टीलाई अफर गरिएको छ।

    निर्देशन भट्टको आफ्नो फिल्म ‘एक्स ९’मा सेट्टीलाई भिलेनको भूमिकाका लागि अफर गरेका हुन् । एक महिना अगाडि फिल्म अभिनयको विषयमा सेट्टीसँग कुराकानी भएको समेत उनले बताए ।

    उनी खलपात्रमा देखिएपनि भूमिका भने सस्पेन्स नै छ। शेट्टी पनि अभिनयका लागि सकरात्मक रहेको उनको भनाई छ । यसअघि पनि भट्टले फिल्म ‘लप्पन छप्पन’ र ‘लप्पन छप्पन २’ निर्देशन गरिसकेका छन्।

    फिल्मको मुख्य भूमिकामा अनमोललाई अफर गरिएको र उनी पनि काम गर्न तयार रहेको निर्देशक भट्टले बताए । फिल्ममा अनमोलका साथै सौगात मल्ल, पुष्प खड्का, अनुप विक्रम शाही लगायतको भुमिका रहेको छ। तर, अभिनेत्रीको भने केहि फिक्स हुन सकेको छैन ।

    यो फिल्मलाई नयाँ लेभलको बनाउने भएर कथा पनि सोही अनुसार तयार पारेको बताउँछन् निर्देशक भट्ट। भन्छन्, ‘नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय लेबलको बनाउने प्रयास गरिरहेको छु। जसकारण फिल्ममा बलिउड कलाकार समेत जोड्न खोजेको हुँ। यो फिल्म अन्तर्राष्ट्रिय स्तरमा रिलिज हुनेछ ।’

    कोभिडको नयाँ लहर नआएको खण्डमा तिहारपछि फिल्मको छायांकन सुरु गर्ने योजना रहेको उनले जानकारी दिए। निर्देशक भट्टले यस फिल्मलाई नेपालकै सबैभन्दा ठूलो एक्सन र थ्रिलर कथा हुने दावी समेत गरेका छन् । एजेन्सी


    क्याटेगोरी : मनोरंजन, मुख्य समाचार

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस