• The Public Today
  • चुरे रहे हिमाल रहन्छ


    • राजकरण महतो

    रनजिकै मनमोहक चुरे पहाड छ। अलि उत्तर आँखा तन्काइयो भने महाभारत पहाडमा आँखा पुग्छ। कात्तिक–मंसिरतिर तराईबाटै सेताम्य हिमाल चम्किन्छन्, हीरा चम्केझैं।मधेसमै बसेर चुरे, पहाड र हिमाल देख्न पाउनु गौरवको कुरो हो।

    राजनीति खिचातानीले निरास भएको मन चुरे र महाभारत श्रृंखला हेर्न पाइरहँदा प्रफुल्ल हुन्छ। नेपाली हुनमा गर्व लाग्छ।कात्तिक महिनामा बिहानै झुल्किने घामले महोत्तरीको बर्दिबासबाट चम्किलोहिमाल देख्ने मौका मिल्छ।

    ‘चुरे रहे पानी, पानी रहे हामी’ 
    चुरेको संरक्षण गरेर मधेसलाई मरुभूमिकरणबाट जोगाउँ।

    कात्तिक महिनामा आँगनबाटैदेखिने हिमाल र घरनजिकै रहेको चुरे दुवै नेपालीका जीवन र नेपालको संस्कृति हो तर अहिले दुवै संकटमा पर्दै गएको अनुभूति भइरहेछ। हिमाल, पहाड र तराईको भौगोलिक समिश्रणको रूप हो नेपाल।चुरेको दोहनले भने हिमालको सुन्दरता हराउन थालेको छ, हराभरा मधेस कुरूप बन्दै गएको छ। चुरे संरक्षणका सवालमा मधेसका मात्रै होइन, देशैभरका नागरिकको स्वर एक हुनु पर्छ तर त्यसो हुन सकेको छैन।

    आफ्नै आँगनबाट हिमालको चम्किलो अनुहारको दर्शन गर्न पाउँदा तराईवासीगौरवान्वित र पुलकित हुन्छौं नै पहाडमा रहेका नागरिकहरूलाई तराई झर्दा यहाँको समथर हरिया फाँटले पक्कै मन लोभ्याएको हुनु पर्छ। संसारको सबैभन्दा ठूलो चुचुरो हाम्रै देशमा छ, हामी नेपाली त्यही देशकासन्तान हौं। हिमाल हामी नेपालीको कहिले नझुक्ने शिर हो। हिमचुचुरो हाम्रो प्राकृतिक अमूल्य निधि हो।हिमाल, पहाड, तराई नेपाली जीवनको अंग हुन्। जुन सांस्कृतिक, प्राकृतिक र भौगौलिक रूपमा जोडिएको छ।

    तराईलाई हिमालले शितलता र पिउने पानी पठाउँछ। हामी तराईका फाँटमा अमृतले सिञ्चित गरेर हिमाल तथा पहाडमा बस्ने नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई मिष्ठान भोजन गराउँछौं। हिमालले बहुमूल्य यार्सा गुम्बाजस्ता जडिबुटी पठाएर हामी बिरामी भए निको पार्ने औखती पठाउँछ। पहाडले स्याउ, सुन्तला, काफलजस्ता फलफूल दिएर तराईवासीलाई पौष्टिक आहार जुटाउँछ। पर्यटक लोभ्याउने मनोरम दृश्यलाई पहाडी वनजंगलले श्रृंगारेर राखेका छन्।

    बर्सेंनी तापक्रम बढ्दै गएको छ। तापक्रमले हिमालको हिउँ पग्लिने क्रम बढेको छ। देशको उत्तरतिर रहेका सेता हिमाल कहिलेसम्म रहलान् ? भन्ने प्रश्न उठिरहेको छ। विज्ञहरूका अनुसार विकसित र औद्योगिक देशहरूको बढ्दो हरितगृह ग्यास उत्सर्जनबाट नेपालका हिमालहरू संकटमा पर्दै गएका छन्।प्रदूषणले प्रत्येक वर्ष ०.०६ डिग्री सेल्सियसका दरले तापक्रम वृद्धि हुन थालेपछि हिमालहरू चाँडै कालापत्थरमा परिणत हुन सक्छन् भन्ने वैज्ञानिकहरूले चेतावनी दिइसकेका छन्।

    कुनै समय थियो, यता मधेसमा हातले जमिन खोस्रिँदा पानी रसाउँथ्यो। आज त्यो पानी एक सय २५ फिट हँुदै ४२५ फिट तल पुग्नु परेको छ। हालै प्रदेश २ सरकारले ल्याएको नीति तथा कार्यक्रममा चुरेलाई आफ्नो प्रदेशको सुरक्षा कवजको रूपमा लिएका छन्।हिमालको सुरक्षा कवचको चुरे र महाभारत पहाड छ। मधेसको लाइफलाइन चुरे, महाभारत र हिमाल हुन् तर यसको दोहन पनि विगतदेखि नै भइरहेको छ। महाभारतको दक्षिणतिरको चुरे पहाडको वन र खोलानाला तस्करको हातमा पुग्ने गरेको छ। यसको दोहन भयो भने हिमाल र तराईको समेत जीवन संकटमा पर्दैजाने निश्चित छ।नेपालमा बाढी, पहिरोको समस्या झन्, झन् विकराल बन्दै गएको छ।

    नेपालका हिमालहरू हिउँविहीन बन्दैछन्, तराईमा पानीको हाहाकार छ। हिमालको हिउँ किन पग्लँदै छ अनि मधेसमा किन पानी विलाउँदै छ ? प्रश्न चौतर्फी उठिरहेका छन्। हिमालमा

    हिउँ हराउनु र मधेसमा पानी बिलाउनु सँगै भइरहेको छ। यसो हुनुको मुख्यकारण चुरेका वन, प्राकृतिक स्रोतको अत्याधिक दोहन हुनु नै हो। जसले गर्दा समयमा पानी नपर्नु, पानी परेपछि ठूलै पर्नूअनि तापक्रम ह्वातै बढ्नु सबै समस्याका विषय हुन्। त्यसले गर्दा हिमालमा हिउँ हराउँदै छ, मधेसमा बाढीले डुबाउँछ। चुरे रहेन भने मधेस रहँदैन अनि सेताम्य हिमाल कालापत्थरको थुप्रोमा परिणत हुने छ।

    पानी हाम्रो सभ्यता हो।पानी हिमालले दिन्छ। चुरे संरक्षणले मात्रै यो सभ्यता बाँच्छ। कुनै पनि कारण वा बहानामाहामीले हाम्रो सभ्यता चौपट्टपार्नु हुँदैन। भोजन नभएपनि केही दिन बाँच्न सक्छौं तर पानी नभए एकछिनमै प्याकप्याक हुन्छौं। बालुवा, गिट्टी, ढुंगा उत्खननले चुरे पनि मासिँदै गएको छ भने त्यहाँ रहेको पानीको मुहान पनि नासिँदैं गएको छ। प्राकृतिक दोहनले पर्यावरणसँगै सामाजिक तथा आर्थिक क्षेत्रलाई पनि चपेटामा पारेको छ। चुरेमा गरिने दोहन रोकिएन भनेमधेस मरुभूमीकरण हुन्छ। अहिले नै खानेपानीको मुहान सुक्ने समस्या विकराल बन्दै गएको छ।

    नेपालको उन्नति,प्रगति र समृद्धि चुरे संरक्षणबिना सम्भव छैन।त्यसैले सामाजिक, सांस्कृतिक, आर्थिक र वातावरणीय हिसाबले पनि चुरेलाई हिमाल, पहाड र तराईवासी सबै मिलेर बचाउनु पर्छ। चुरे रहे मधेस रहन्छ, सगरमाथामा हिउँ रहन्छ अनि हिउँ रहेनेपालीको पहिचान विश्वमा रहन्छ।

    देशमा राजनीतक अस्थिरता भएको बेला प्रकृतिमाथि प्रहार भएको विगतमा देखिएकै हो। वर्षाभएपछि साउन, भदौ र असोजमा पानीका मूलहरू फुट्छन्। त्यहाँबाटचुरेवासीहरू प्यास मेटाउँछन्। बाँकी ९ महिना चुरेमा बसोबास गर्नेहरूपिउने पानीको चरम अभाव खेप्छन्। चुरेबाट बालुवा, गिटी, ढुंगाको दोहन भएपछि तराईका ३६ जिल्लामा खानेपानीको मुहान सुक्दै गएको छ।

    ईनार, चपाकल, नदी, दहहरू पानीविहीन बन्दै गएका छन्। बालुवा, गिटी, ढुंगा, माटोले चुरे पहाड बनेको छ। यसको स्वरूप भुसभुसे छ।भीरमा बाख्रा कुद्दा पनि सुख्खा पहिरो खस्छ। त्यसैले चुरेलाई सम्वेदनशील क्षेत्र भन्दै सरकारले २०७२ सालमा संरक्षित क्षेत्र घोषणा गर्‍यो। चुरेमा चाप परेपछि वातावरण सन्तुलन खलबलिएको छ। केही लोभीपापीहरूको हर्कतले चुरे विनास हुँदै सिंगो मधेसमा बाढी, डुबानजस्ता प्राकृतिक प्रकोपको त्रासमाबाँचिरहनु पर्नेछ।

    चुरेमा देखिएको घाउ अझै निको भएको छैन। थप उत्खनन गरियो भने चुरेको मुटु छियाछिया बन्ने विज्ञहरूले चिन्ता जनाएका छन्।अवैध उत्खनन र चुरे क्षेत्रको वन फडानीले मधेस मरुभूमिकरण हुने खतरा बढ्दो छ। चुरे दोहनले देशको सांस्कृतिक, सामाजिक, राष्ट्रिय एकताको पहिचानमा असर पनि असर पुर्‍याइरहेको छ। तराई भनेको आधा नेपाल हो। नेपालको जनगणना २०६८ अनुसार एक करोड ४७ लाख ४८ हजार ६ सय ७२ जना मानिसहरू चुरेको काखमा फैलिएको मधेसमा बसोबास गर्छन्।अन्न, पानी, प्राणवायु, जडिबुटी, फलफूल, कन्दमूललगायत सबै चिजवस्तु उनीहरू चुरेबाटै उपभोग गर्छन्।

    चुरेले मानवलाई वातावरणीय सेवा दिन्छ, जस्तै, पिउने पानीदेखि स्वच्छ हावासम्म। केही पक्षले नेपालका नदीजन्य पदार्थलाई ‘सेतो सुन’ भन्दै दोहनको नीति ल्याएका छन्। माफियाहरूले डोजर चलाएर पहिले नै चुरेमा गम्भीर घाउ बनाइसकेका छन्। देशको जीवनरेखा मानिने चुरेको विनाश लीलाले मधेसको जीवन घर न घाटको हुने गरेको छ। हिउँदमा पिउने पानीको हाहाकार, वर्षा लागेपछि बाढीको वितण्डाको समस्या क्यान्सरझैं बल्झिँदै गएको छ।नेपालको उन्नति,प्रगति र समृद्धि चुरे संरक्षणबिना सम्भव छैन।

    त्यसैले सामाजिक, सांस्कृतिक, आर्थिक र वातावरणीय हिसाबले पनि चुरेलाई हिमाल, पहाड र तराईवासी सबै मिलेर बचाउनु पर्छ। चुरे रहे मधेस रहन्छ, सगरमाथामा हिउँ रहन्छ अनि हिउँ रहेनेपालीको पहिचान विश्वमा रहन्छ।यसले सामाजिक सद्भावको कडीलाई झन् बलियो बनाउँछ।हराभरा तराई र सेताम्य हिमाल भावी पुस्तालाई उपहारको रूपमा नासो दिनलाई पनि चुरे संरक्षण गर्नुको विकल्प छैन। ‘चुरेको माटो चुरेलाई, सफापानी सबैलाई’ नारा सार्थक बनाउनै पर्छ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राष्ट्रिय, विचार, समाज
    ट्याग : #विचार

    प्रतिक्रिया दिनुहोस