• The Public Today
  • आमिर खानको दोस्रो पटक सम्बन्धविच्छेद


    एजेन्सी : बलिउड अभिनेत्री आमिर खान र किरण रावको १५ वर्ष पछाडि सम्बन्धविच्छेद हुने भएको छ । यो आमिर खानको दोस्रो सम्बन्धविच्छेद हो । आमिरको​ पहिलो पटक पहिलो श्रीमती रीना दत्तासँग सम्बन्धविच्छेद भएको थियो । 

    आमिर र किरणले संयुक्त विज्ञप्ति दिँदै दुवैको बाटो अलग हुन लागेको घोषणा गरेका हुन् । उनीहरुले आगामी दिनहरुमा पति-पत्निको सट्टा अलग-अलग जिवन जिउने घोषणा गरे । 

    आमिर खान र किरण रावले दिएको संयुक्त विज्ञप्तिमा भनिएको छ, “यी १५ वर्षमा एकसाथ जीवनभरीको अनुभव, आनन्द, खुशी शेयर गर्यौँ । हाम्रो सम्बन्ध विश्वास, सम्मान र प्रेमसँग एकसाथ अगाडि बढेको हो । अब हामी बाँकी जीवन नयाँ अनुभवका साथ अगाडि बढाउन चाहान्छौँ । तर, पति पत्नी बनेर हैन सह मातापिता र परिवारको रुपमा । हामीले केही समय पहिलेदेखि अलग हुने योजना बनाएका हौँ । यसलाई औपचारिक रुप दिँदैछौँ ।” 

    उनीहरुले आगामी दिनमा पनि एकसाथ काम गर्ने घोषणा गरेका छन् । हामी हाम्रा सन्तानप्रति समर्पित हुने समेत बताएका छन् । उनीहरुले आफ्ना परिवार र शुभचिन्तकलाई धन्यवाद दिएका छन् । 

    किरण र आमिरको भेट फिल्मको सेटमा भएको थियो । उनीहरुले सन् २००५ डिसेम्बर २८ तारिखमा भएको थियो । 


    क्याटेगोरी : मनोरंजन, मुख्य समाचार, विदेश

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस