• The Public Today
  • वार्षिकोत्सवको अवसरमा रक्तदान


    बिनोद पौडेल
    असार २३, बर्दिवास
          संस्था सञ्चालनको प्रथम वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । महोत्तरीको बर्दिवास स्थित एकिकृत बचत तथा ऋण सहकारी संस्थाले एकिकरण पश्चातको आफ्नो प्रथम वार्षिकोत्सव रक्तदान कार्यक्रमको आयोजना गरी मनाएको हो । 
    नेपाल रेडक्रस सोसाईटी उपशाखा बर्दिवासको प्राविधीक सहयोगमा सञ्चालन गरिएको सो कार्यक्रममा ३० जना भन्दा बढि सदश्यले रक्तदान गरेका थिए भने सहकारीले सो अवसरमा ९० थान बि टि सेट तथा ब्लड ब्याग नेपाल रेडक्रस सोसाईटी उपशाखा बर्दिवासलाई हस्तान्तरण गरेको थियो  ।  
    
    बर्दिवासलाई आफ्नो कार्यक्षेत्र बनाएर सेवा सञ्चालन गर्दै आएका जुनतारा, साथी, शुभ समय र नमुना बचत तथा ऋण सहकारी गत वर्ष मर्ज भएर एकिकृत बचत तथा ऋण सहकारी संस्थाले व्यक्तिमा बचत गर्ने बानीको बिकाश गर्ने, शुलभ दरमा ऋण उपलब्ध गराउने र बढि भन्दा बढि व्यक्तिलाई सहकारीमा आवद्ध गराउने उद्देश्य सहित सेवा सञ्चालन गर्दै आएको छ । हाल सम्म २७८० जना सदश्य संख्या पु¥याएको सहकारीको मुख्य कार्यालय बर्दिवासमा र एक सेवा केन्द्र खयरमारामा सञ्चालन हुँदै आएको छ भने निकट भविष्यमै महोत्तरीको किशाननगरमा समेत सेवा केन्द्र बिस्तार गर्ने लक्ष्य रहेको संस्थाले जनाएको छ । 


    क्याटेगोरी : अर्थ, बजार, राष्ट्रिय, समाज


    प्रतिक्रिया दिनुहोस