• The Public Today
  • ‘केजीएफ २’ को रिलिज मिति स्थगित


    द पब्लिक टुडे
    गौशाल, असार ३१ गते ।
    बहुप्रतिक्षित चलचित्र ‘केजीएफः च्याप्टर २’ को रिलिज मिति स्थगित भएको छ । कोरोना महामारीको दोस्रो चरणका कारण अब चलचित्र कहिले रिलिज हुन्छ भन्ने अन्यौल पैदा भएको छ । चलचित्रकी मुख्य कलाकारमध्ये एक अभिनेत्री रवीना टन्डनले इन्स्टाग्राममार्फत यसबारे जानकारी गराएकी हुन् ।

    रविनाले युद्धमा जानका लागि तयार एक सिपाहीको तस्बिर सेयर गर्दे लेखेकी छन्, “दैत्य तब आउछ जब हल गुण्डाहरूले भरिएको हुन्छ । आउने नयाँ मिति चाँडै घोषणा गरिनेछ ।”

    कन्नाडा स्टार यशको यो चलचित्र सुरुमा १६ जुलाईमा रिलिज गर्ने बताइएको थियो । यो चलचित्र सन् २०१८ मा रिलिज भएको ब्लकबस्टर चलचित्र ‘केजीएफः च्याप्टर १’ को सिक्वेल हो । अभिनेता यशले दोस्रो पार्ट अझै जबरजस्त हुने आश्वासन दिएका थिए । तर अब कोरोना कहरका कारण दर्शकले यो चलचित्र हेर्न अझै केही समय पर्खिनुपर्ने भएको छ ।

    निर्देशक प्रशान्थ नीलको यस चलचित्रमा अभिनेता यश र रवीनाका साथै सञ्जय दत्त, प्रकाशा र श्रीनिध शेट्टि जस्ता कलाकारहरको मुख्य भूमिका रहने छ । यो पिरियड एक्सन ड्रामा चलचित्र हिन्दी, कन्नाडा, तमिल, तेलुगु र मलयालम भाषामा रिलिज हुँदैछ । नवभारत टाइम्स


    क्याटेगोरी : मनोरंजन, मुख्य समाचार

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस