• The Public Today
  • लक्ष्यभन्दा आठ करोड बढी राजश्व सङ्कलन


    विराटनगर, साउन ३ गते । आन्तरिक राजश्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०७७÷७८ मा कूल आठ अर्ब ९३ करोड ३७ लाख ७६ हजार राजश्व सङ्कलन गरेको छ ।

    सो अवधिमा आठ अर्ब ८४ करोड ४६ लाख २२ हजार राजश्व सङ्कलन गर्ने कार्यालयको लक्ष्य थियो । कार्यालयले लक्ष्यभन्दा आठ करोड ९१ लाख ५४ हजार बढी राजश्व सङ्कलन गर्न सफल भएको छ ।

    कार्यालयबाट प्राप्त जानकारीअनुसार आव २०७७÷७८ मा सङ्कलित राजश्वमा आयकर तीन अर्ब ५२ करोड १९ लाख १४ हजार, मूल्य अभिवृद्धि कर दुई अर्ब ५३ करोड ९० लाख १२ हजार र अन्तःशुल्क दुई अर्ब ८७ करोड २८ लाख ५० हजार रहेको छ ।

    सो अवधिमा कार्यालयले आयकरमा १३० प्रतिशत, मूल्य अभिवृद्धि करमा १५७ प्रतिशत र अन्तःशुल्कमा ६४ प्रतिशत वार्षिक प्रगति हासिल गरेको छ ।


    क्याटेगोरी : अर्थ, मुख्य समाचार, राष्ट्रिय


    प्रतिक्रिया दिनुहोस