• The Public Today
  • भारतमा कोरोना संक्रमितको संख्या बढ्दै


    एजेन्सी : भारतमा कोरोना संक्रमितको संख्या फेरि बढ्न थालेको छ । मंगलबार ४२ हजार ११४ जनामा संक्रमण पुष्टि भएको छ भने ३६ हजार ८५७ जना निको भएका छन् । यही अवधिमा थप ३ हजार ९९८ जनाले ज्यान गुमाएका छन् ।

    यद्यपि, यो संख्या महाराष्ट्रले यसअघि ज्यान गुमाएकाहरुको संख्या थप गरेपछि बढी देखिएको थियो । त्यहाँ पछिल्लो दिन १४७ जनाको मृत्यु भएको थियो भने ३ हजार ५०९ जनाको पुरानो मृत्युको संख्या थप गरिएको थियो । यसअघि ९ जुनमा पनि बिहानमा पनि पुरानो मृत्युको आँकडा थप गरिएको थियो । सो दिन एकै दिन ६ हजार १३९ जनाको मृत्युको संख्या थपिएको थियो ।

    भारतमा हालसम्म ३.१२ करोड संक्रमित भइसकेका छन् भने ३.०३ करोड निको पनि भएका छन् । हालसम्म भारतमा ४.१८ लाखको मृत्यु भइसकेको छ । हाल ४.०१ लाख जनसंख्या उपचाररत रहेका छन् ।


    क्याटेगोरी : मुख्य समाचार, विदेश

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस