• The Public Today
  • तीन बालिकालाई यौन दुव्र्यवहार गर्ने वृद्ध प्रहरीको फन्दामा


    ढल्केवर, साउन ८ गते । धनुषामा तीनजना बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा एक वृद्धलाई प्रहरी पक्राउ गरेको छ ।

    बालिकाहरुलाई यौन दुव्र्यवहार गरेको आरोपमा बिहिवार साँझ मिथिला नगरपालिका १० लालगढस्थित माझी टोलका ७७ बर्षीय थानाप्रसाद भट्टराईलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरिक्षक प्रदीप सुवेदीले पुष्टि गरे ।

    उनका अनुसार आरोपित भट्टराईले आफ्नै गाउँकी ८-९ बर्ष समुहका तीन बालिकालाई यौन दुव्र्यवहार गरेको हो । घटना लगत्तै पक्राउ परेका भट्टराईमाथि पीडित पक्षले प्रहरीमा किटानी जाहेरी दर्ता गराएको प्रहरी निरिक्षक सुवेदीले जानकारी दिए ।

    पक्राउ परेका भट्टराईमाथि बाल यौन दुव्र्यवहार अन्तर्गत मुद्दा दर्ता गरेर थप अनुसन्धान भइरहेको प्रनि सुवेदीले जनाए ।

    बालिकाहरुलाई गोठमा लगेर आरोपित भट्टराइले संवेदनशील अङ्गहरु चलाएर यौन दुव्र्यवहार गरेको स्थानीयको आरोप छ । यौन दुव्र्यवहार गरेपछि बालिकाहरु रुँदै घर गएर घरका अभिभावकलाई बताएपछि घटना सार्वजनिक भएको हो ।


    क्याटेगोरी : अपराध, ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस