• The Public Today
  • देउवाको परिक्षा र ओलीको समिक्षा


    • राजकरण महतो

    अब हामी पाँच बर्ष मज्जाले प्रतिपक्षमा बस्छौ । सरकारको खबरदारी गछौं । एमाले र माओवादीको गठबन्धनले देशभरीबाट २०७४ को चुनावमा बहुमत हात पारेपछि अल्पमतमा परेको कांग्रेसको निष्कर्ष थियो । जनादेश पायौं, सरकार बनाएर जनताको पक्षमा काम गछौं, तत्कालिन नेकपाको धमास थियो । कांग्रेसको निष्कर्ष र नेकपा धमास अहिले ठीक उल्टो छ ।

    आउँदो चुनाव हामी जित्छौं, त्यतिखेर हाम्रो सरकार हुनेछौं ।कांग्रेसले त्यतिखेर भनेको थियो । उसले यसो भन्नु तत्कालिन समयमा ठीकै थियो । सरकार बनाउने बल प्रचण्ड र केपी ओली समलित नेकपाको कोटमा संग थियो ।तर, अहिले परिवेश र परिस्थितिले फेरिएको छ । अल्पमतमा रहेको कांग्रेसका सभापति शेर बहादुर देउवा झण्डा हलाउँदै हालै सिंहदरबार पसेका छन् ।बहुमतका तत्कालिन नेकपा अध्यक्ष केपी शर्मा ओली सर्वोच्च अदालतको आदेशबाट प्रधानमन्त्री पदबाट बाहिरिएका छन् । यो अवस्था आउला भन्ने कुरा ओलीले पनि सोंचेका थिएनन्, झन् देउवाले त सपनामा पनि देखेका थिएन ।

    गाउँमा भनाई छ, भाई फुटे गाँवार लुटे ! तत्कालिन नेकपाको हकमा पनि यहि सावित भयो । नेकपाको परिवार भित्रको झगडा आफ्नै पार्टीको सरकार ढाल्ने र देउवालाई प्रधानमन्त्री बनाउने अस्त्र बन्यो ।पार्टी एकता गरे देखिनै नेकपाका दुई धार तत्कालिन माओवादी र एमालेको नीति र कार्य दिसा स्पष्ट थिए । पार्टी एकता भएपनि मन मिलेकै थिएन । नेकपा भित्र ओली, माधव र प्रचण्ड पक्षको गुटबन्दी थियो । भनिन्छ, तीन टिकट महाविकट !

    प्रधानमन्त्री ओली चरम गुटबन्दी र स्वच्छाचारी प्रवृत्तिको सिकार भए । ओलीले विगतमा गरेका त्यागलाई पनि भुले । उनी मतहा हात्ति जस्तै उपद्रो मचाउन थाले । कहिले संसद् विघटन गरे त कहिले आफ्ना आसेपासेलाई असंवैधानिक नियुक्ति गरे पद बाँडे ।संविधान कुलच्ने ओलीको प्रवृत्ति ठीक थिएन । यहि कमजोरिलाई विपक्षी दलले उनलाई तह लगाउने हतियार बनायो । सुःखी नेपाली र समृद्ध नेपालको नाराबाट जनमत बटुलेका उनी आफ्नै घरको झगडा मिलाउन नसकेर बहुमतमा रहेका ओली स्वाटै अल्पमतमा झरे ।

    तर, उनले पनि बुद्धिमता ढंगले सोचिन्न् । त्यही एउटा जनविरोधी कदमले ओली सरकार गर्ल्यामगुर्लुम ढल्यो २०७२ सालमा भू–कम्पले धरहरा ढले झैं । राष्ट्रपति संस्था पनि बदनाम हुनबाट अच्छुतो रहेनन् ।

    संविधानलाई आर्यघाटमा पु¥याउने ओलीको जनमत प्रतिको वैमानीलाई जनताले पनि पचाउन सकेन । उनले यस्तो काम गर्नु हुदैंन थियो । राष्ट्रपति विद्या देवी भण्डारीले ओलीको त्यो स्वाच्छाचारी प्रवृत्तिलाई रोक्नु पर्ने थियो । तर, उनले पनि बुद्धिमता ढंगले सोचिन्न् ।त्यही एउटा जनविरोधी कदमले ओली सरकार गर्ल्यामगुर्लुम ढल्यो २०७२ सालमा भू–कम्पले धरहरा ढले झैं । राष्ट्रपति संस्था पनि बदनाम हुनबाट अच्छुतो रहेनन् । राजनीतिक तरलताले जनताले २ बर्ष यता पाउनसम्म दुःख पाए ।कोरोना महामारीका बीच पनि हाम्रो देशमा सत्ता मुख्य मुद्दा बनिरहेको छ ।

    जनमतको अपमान गर्नेहरुको कदमलाई सर्वोच्च अदालतले जन्जिर लगाइदिएको छ । जनादेशको अधारस्तम्भमा अडिएको ओली सरकार अदालतको प्रमादेशबाट ढल्न पुगेको छ । हजारौं शहिदहरुको बलिदानीले जन्मिएको नेपालको संविधान २०७२ लाई न्यायमुर्तिहरुले रक्षा गरेर न्याय नमरेको सन्देश दिएका छन् ।एक प्रकारले संसद् विघटन गरेर ओलीले सत्ता स्वार्थका निम्ति देशलाई प्रतिगमनको बाटोमा मोडे । मै हुँ जान्ने पाईलट भन्दैं घुर्की लगाई बल मिच्याँई गर्ने ओलीलाई विपक्षीसंग मिलेर माधव र प्रचण्डले उनको कुर्सी खोसे ।

    ओलीकै हटले अल्पमतमा रहेका देउवा प्रधानमन्त्री बने । अदालतले ओलीलाई सिंहदरबारबाट बालकोट पठायो । यस्तो दिन देख्न जनताले नेकपालाई बहुमत दिएको थिएन । सुखी नेपाली र समृद्ध नेपाल निर्माणका निम्ति औंठा काटेर देश र जनताको सुन्दर भविष्य कोर्न सिंहदरबार पठाएका थिए ।तर, बहुमतले मातेका नेकपालाई त्यो पचेन । ओलीलाई खेलबाट आउट गराएर देउवा प्रधानमन्त्रीमा इन्ट्री गराएउने मुख्य खेलाडी छन्, माधव कुमार नेपाल ।प्रचण्ड, उपेन्द्र यादव र प्रधानमन्त्री देउवा पक्षको भूमिका उत्तिकै रुह्यो । यसकैको परिवेशमा प्रदेश २ बाट राजपा आउट पनि भए । कांग्रेस र माओवादी सरकारमा गएका छन् ।राजेन्द्र महतो र महन्थ ठाकुर ओली सरकारमा गयो । यता प्रदेशमा उनको पार्टीका मन्त्रीलाई उपेन्द्र पक्षले आउट गरे ।

    प्रधानमन्त्री बनेपछि ओलीले बुच्चे नक्सालाई चुच्चे बनाए तर भारतसंग जमिन फिर्ता ल्याउन सकेन । भू–कम्पले ढलेको धरहरा ठडियाएर तर ज्यानलेवा कोरोना महामारीलाई सत्ता टिकाउन उनका आसेपासेले गरेको हर्कत भन्नु पर्दैन । सुःखी नेपाली र समृद्ध नेपालको नारा दिएका ओलीले गरिब नेपाल र दुःखी नेपाली बनाए ।उनको सरकारले ल्याएको तन वटै बजेटले नेपाली जनतालाई कर्जा बोकाएर गएको छ ।

    सजिलै आउन लागेको कोरोना खोपलाई बिचौलियाहरुले बाटैमा खोप खरिद रोके । ओलीका आसेपासेले खोपमा कमिसन खान धुम मचाए । अक्सिजन नपाएर अस्पतालमै मृत्युवरण गरिरहेको त्यो कारुणि क्षण भोग्नेहरुलाई नै थाह छ ।तर, ओलीका लागि यो पीडा समान्य रह्यो । उता मेलमचीको बाढी हेर्न ओलीलाई २२ दिनपछि मात्रै साइत जु¥यो ।जनता आवासबाट बास खोसिएकाहरु जाडो र बर्षातमा ओत खोज्दैं गर्दा सरकार सत्ताको ओत खोज्दैं थियो ।

    गत पुस ५ मा पहिलो पटक संसद् विगटन गरेर उनले नेपालीहरुको संविधान मास्न अघि बढे । संसद् विहिन देश बनाएर उनले देशभरीको विकास निर्माण कामको उद्घाटन, शिल्यान्या र अवलोकन गर्दै समृद्धिको नाटकमा रमाई रहे ।जुन जनताले पत्याएकै थिएन ।

    ओली आफू प्रधानमन्त्री भएर देश चलाएको भए, प्रचण्ड र मधव कुमार नेपाललाई पार्टी अध्यक्षको जिम्मेवारी दिएको भए नेकपाको जेट विमान दुर्घटनामा पर्ने थिएन ।नेपालीको सपना सीसा झै चकनाचुर हुने थिएन । सबै भाग आफै खाने अनि भाईहरुलाई भोकै राखेपछि बिद्रोह त हुन्छ नै । हो त्यही भयो नेकपामा । नेपालको राजनीति र चुरेबाट बग्ने खोला उस्तै हो । राजनीतिले कति खेर कोर्स बदल्छ र चुरेका खोलामा कति खेर बाढी आएर बगाउँछ दुवैको ठेकान हुदैंन ।

    देउवा सरकारमा गएको भोलिपल्टै ललिता निवास जग्गा प्रकरण मुद्दामा फरार रहेका कांग्रेसका उप–सभापति बिजय कुमार गच्छेदार धरौटीमा छुटे । हत्या अभियोग लागेर जलेमा रहेका अफ्ताब आलमलाई कारागार प्रमुखले भेट्न गएको कुरो सुनिदो छ । आलमलाई प्रहरीले पक्रेपछि जसरी नै छुटाउने यस अघि नै देवाले अभिव्यक्ति दिएका थिए । देउवा सरकारमा जाने बितिकै भ्रटाचार र हत्या अभियुक्त नेताद्वय गच्छेदार र आलमको घटनाका पीडितले न्यायन नपाउने शंका गरिदैं छ ।

    कोरोना महामारी नियन्त्रणका लागि चाँडै खोप ल्याउने, बाढी तथा पहिरोबाट विस्थापितहरुको व्यवस्थान, स्वदेशमै रोजगारि सिर्जना, धारासाही भएको अर्थ तन्त्रलाई फेरि बलियो नीति र अपराध तथा भ्रष्टाचार नियन्त्रणको मुद्दामा तत्काल देउवा सरकारले कसैको मुख नहेरिकन काम गर्नु पर्छ ।सत्ता साँझेदार दलहरु बीच साँझ कार्य नीति र कार्य दिसा बाउन जरुरी छ ।यही कसिमा परिक्षार्थी बनेका छन्, प्रधानमन्त्री देउवा । नेकपा अध्यक्ष ओलीले आफ्नो कामको समिक्षा मिहिन ढंगले गर्न जरुरी छ । अखण्ड एमाले बनाउन सक्यो भने मात्रै ओलीको राजनीतिले ठाउँ पाउने छन् र जनताले सूर्य चिन्हलाई पत्याउने छन् ।अन्त्यमा सबै दलको मुख्य केन्द्रविन्दु जनताका दिनदिनका समस्या बन्नै पर्छ ।

    लेखक महतो सक्रिय पत्रकार एवं सामाजिक अभियन्ता हुनुहुन्छ । उहाँ नेपाल पत्रकार महासंघ महोत्तरी शाखाका सचिव समेत हुनुहुन्छ ।


    क्याटेगोरी : अन्तरवार्ता, ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राष्ट्रिय, विचार, समाज


    प्रतिक्रिया दिनुहोस