• The Public Today
  • जसपाका प्रदेश अध्यक्ष नेसपामा प्रवेश


    जनकपुरधाम, साउन ९ गते । जनता समाजवादी पार्टी(जसपा) का प्रदेश अध्यक्षसहित दजनौं नेता तथा कार्यकर्ता नेपाल सद्भावना पार्टीमा प्रवेश गरेका छन् ।

    जसपाका प्रदेश नं १ का अध्यक्ष चन्देश्वर चौधरीलगायत दर्जनौं नेता तथा कार्यकर्ता नेपाल सद्भावना पार्टीमा प्रवेश गरेका हुन् ।

    शनिवार सुनसरीमा एक कार्यक्रमबीच चौधरीसँगै नेता देवराम यादव, शिवसरन साह, नविनचन्द्र साह, बिनोद मेहता, पवन मेहता, रिणा उराँव, सुनिता चौधरी, देवनारायण यादव, बच्चालाल यादवलगायत दर्जनौं नेता तथा कार्यकर्ता नेसपा प्रवेश गरेको पार्टीका महासचिव नागेन्द्र सिंहले जानकारी दिए ।

    नवप्रवेशीहरुलाई नेपाल सद्भावना पार्टीका केन्द्रिय अध्यक्ष रामकुमार महतोले फुलमाला तथा टीका लगाएर स्वागत गर्दै पार्टीमा प्रवेश गराएका हुन् ।

    सोही कार्यक्रममा केन्द्रिय अध्यक्ष महतोले जसपा परित्याग गर्दै नेसपा प्रवेश गरेका चन्देश्वर चौधरीलाई प्रदेश १ को अध्यक्षमा मनोनित गरेका छन् । चौधरीलाइ पार्टी प्रवेश कार्यक्रममै मनोनित पत्र प्रदान गरिएको महासचिव सिंहले जनाए ।

    पार्टी प्रवेश कार्यक्रममा पार्टीका वरिष्ठ नेता राजेन्द्र प्रसाद सिंह, केन्द्रिय सहमहासचिव रविन्द्र चौधरी, केन्द्रिय कार्यसम्पादन समिती सदस्य भरतप्रसाद साहलगायतका केन्द्रिय नेताहरु सहभागी थिए ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राजनीति, राष्ट्रिय

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस