ऋचा लेख्छिन्- ‘पुरुषको गल्तीको दोष महिलालाई किन ?’

द पब्लिक टुडे
गौशाला, साउन १७ गते ।
नायिका शिल्पा सेट्टीका श्रीमान् राज कुन्द्रा पोर्नोग्राफीको मुद्दामा न्यायिक हिरासतमा छन् । राज पक्राउ परेपछि उनको बिषयमा आइरहेका विभिन्न खबरमा नायिका शिल्पा सेट्टीको नाम पनि जोडिएको छ ।

राज पक्राउ परेपछि सामाजिक संजालदेखि मिडियामा शिल्पालाई ट्रोल गरिएको छ । उनलाई तथानाम गाली पनि गरिएको छ । शिल्पाले आफ्नो मानहानी भएको भन्दै २९ विभिन्न संस्थाका विरुद्ध २५ करोडको मानहानीको मुद्दा समेत दायर गरेकी छिन् ।

शिल्पामाथि मिडिया र सामाजिक संजालमा अनावश्यक टिप्पणी हुन थालेपछि उनको समर्थनमा बलिउडकर्मीहरु पनि अगाडि आएका छन् ।

नायिका ऋचा चड्डाले शिल्पाको समर्थन गर्दै लेखेकी छिन्–‘जब कुनै पुरुषले गल्ती गर्छन्, हामी उक्त पुरुषलाई दोषी देख्नुको साटो उसँग जोडिएकी महिलालाई जिम्मेवार ठान्छौं । शिल्पाले यस्ता मानिसहरुको विरुद्धमा मुद्दा दायर गरेको खबर सुनेर निकै खुशी लागेको छ ।’

ऋचा भन्दा पहिला हंसल मेहत्ताले पनि यो बिषयमा प्रश्न उठाएका थिए । उनले, शिल्पाको विवादमा बलिउडका कलाकारले मौनता साधेको बिषयमा प्रश्न उठाएका हुन् ।
उनले, खुशीको मौकामा एकसाथ मिलेर पार्टी गर्ने तर दुःख पर्दा कोही पनि नबोल्ने बलिउडको परम्परा भएको भन्दै आलोचना गरेका छन् । एजेन्सी