• The Public Today
  • एक वर्षमा एक अर्ब ६५ करोडको डाइपर आयात


    काठमाडौं, साउन २३ गते । गत आर्थिक वर्षमा नेपालले एक अर्ब ६५ करोड रुपैयाँ मूल्य बराबरका डाइपर आयात गरेको छ ।

    सो अवधिमा विभिन्न १५ मुलुकबाट उक्त मूल्य बराबरका १० करोड ५५ लाखथान डाइपर आयात भएको भन्सार विभागले जनाएको छ । विभागका अनुसार तीमध्ये सबैभन्दा बढी भारतबाट एक अर्ब ५० करोड रुपैयाँ मूल्य बराबरका करिब १० करोडथान डाइपर आयात भएको छ ।

    त्यस्तै, भियतनामबाट ५० लाख मूल्य बराबरका पाँच लाख २० हजार तथा पाकिस्तानबाट ३१ लाख मूल्य बराबरका करिब १५ हजारथान डाइपर आयात भएको विभागले जनाएको छ ।

    नेपालले मलेसिया, थाइल्यान्ड, युनाइटेड अरब इमिरेट्स ९यूएई०, टर्की, हङकङ, सिंगापुर र डेनमार्कबाट पनि डाइपर आयात गर्ने गरेको छ ।

    विशेषगरी नवजात शिशु, शल्यक्रिया गरेका बिरामी, ज्येष्ठ नागरिक तथा लामो यात्रा गर्नेले मलमूत्र अन्यत्र नजाओस् भन्नका लागि डाइपरको प्रयोग गर्ने गर्छन् ।


    क्याटेगोरी : भिडियो, मुख्य समाचार, राष्ट्रिय


    प्रतिक्रिया दिनुहोस