• The Public Today
  • विश्वकप छनोट:इटलीको फराकिलो जीत


    एजेन्सी,भदौ २४ गते । विश्वकप छनोटअन्तर्गत इटलीले लिथुआनियाविरुद्ध ५–० को जित निकालेको छ । यसअघि स्विचरल्यान्डविरुद्ध गोलरहित बराबरी खेलेको इटली बुधबार भने निकै बलियो रुपमा प्रस्तुत भयो ।

    इटलीबाट मोसी केनले दुई तथा इडगारस उट्कस, गियाकोमो रास्पाडोरी र डि लोरेन्जोले एक–एक गोल गरे । यससँगै युरोकप विजेता इटली पछिल्ला ३७ खेलमा अपराजित रह्यो । विश्व फुटबलमा यति लामो अवधि अराजित रहने इटली पहिलो टोली हो ।

    यसअघि १९९० को दशकमा ब्राजिल र २००० को दशकमा स्पेनले समान ३५–३५ खेलसम्म अपराजित रहने किर्तिमान बनाएका थिए ।

    त्यसैगरी विश्वकप छनोटअन्तर्गत नै स्पेनले कोसोभोलाई २–० ले हराएको छ । स्पेनबाट पाब्लो फर्नाल्स र फरान टोरेसले एक–एक गोल गरे ।


    क्याटेगोरी : खेलकुद, मुख्य समाचार, विदेश


    प्रतिक्रिया दिनुहोस