• The Public Today
  • कोभिड अस्पतालमा आगलागी : १० जनाको ज्यान गयो


    एजेन्सी,दौ २४ गते । दक्षिणपूर्वी युरोपेली देश नर्थ म्यासेडोनियामा एक कोभिड अस्पतालमा भएको आगलागीमा १० जनाको ज्यान गएको छ।

    टेटेभो सहरको मुख्य सडकनजिक रहेको कोभिड अस्पतालमा भएको आगलागीमा उपचार गराइरहेका कोरोना संक्रमितहरुको मृत्यु भएको हो। त्यहाँका स्वास्थ्य मन्त्री भेन्को फिलिप्सले आगलागीमा परी मृत्यु हुनेको संख्या बढ्न सक्ने बताएका छन्। आगलागीमा परेर घाइते भएका थुप्रै व्यक्तिलाई उपचारका लागि क्यापिटल स्कोप्ज अस्पताल लगिएको स्वास्थ्यमन्त्रीको भनाइ छ।

    घाइतेहरुको संख्या कति छ भन्नेबारे भने खुलाइएको छैन। त्यहाँको प्रहरीले अस्पतालमा भएको आगलागीको कारणबारे अनुसन्धान सुरु गरेको छ। झण्डै २० लाख जनसंख्या रहेको नर्थ म्यासेडोनियामा १ लाख ८० हजार भन्दा बढीमा कोरोना पुष्टि भएको छ भने ६ हजार १ सय ५३ जनाको मृत्यु भइसकेको छ।


    क्याटेगोरी : मुख्य समाचार, विदेश


    प्रतिक्रिया दिनुहोस