• The Public Today
  • सम्बन्ध विच्छेद जीवनकै सबैभन्दा कठिन निर्णय हो : अध्ययन


    एजेन्सी, भदौ २९ गते । जागिर फेर्नु या करिअर बदल्ने निर्णय विवाह गर्नु भन्दा कठिन रहेको एक नयाँ सर्वेक्षणले देखाएको छ ।

    अभिभाको रिपोर्टअनुसार यसमा कुनै पनि व्यक्तिका लागि जीवनकै सबैभन्दा कठिन निर्णय भनेको चाहिँ लामो समयदेखिको सम्बन्ध विच्छेद गर्नु या डिभोर्स गर्नु रहेको छ ।

    सर्वेक्षणमा सहभागी एक चौथाइ भन्दा धेरै (२७ प्रतिशतले) एउटा करिअरबाट अर्को सुरु गर्नु जीवनका सबैभन्दा कठिन मध्येको निर्णय भएको बताएका हुन् । त्यस्तै २५ प्रतिशतले चाहिँ विवाह गर्ने निर्णय पनि उत्तिकै द्विविधापूर्ण भएको बताए ।

    त्यस्तै ठूल्ठूला निर्णय लिनुपर्दा ४९ प्रतिशत मानिसहरुमा ‘एन्जाइटी र स्ट्रेस’ हुने गरेको पनि पाइएको छ ।

    यता ६० प्रतिशत अर्थात् दश मध्ये ६ जनाले त ठूलो निर्णय लिनबाट पन्छिने गरेको पनि सर्वेक्षणको डाटाले देखाएको छ ।

    यसमा कामबाट रिटायर कहिले हुने भन्ने निर्णय लिन व्यक्तिलाई सबैभन्दा लामो समय ९औसतमा दश महिना सात दिन० लाग्ने गरेको पत्ता लागेको हो ।

    त्यस्तै अल्छि गर्ने, कामलाई पछिका लागि साँच्ने, निर्णय लिन नसक्ने गर्नाले ११ प्रतिशत भन्दा बढी मानिसहरुले जागिर, घर लगायत विभिन्न राम्रा अवसर गुमाउने गरेको पनि पाइएको छ ।

    त्यस्तै ३१ प्रतिशत मानिसहरुका लागि लामो समयदेखिको सम्बन्ध अन्त्य गर्ने निर्णय जीवनकै सबैभन्दा कठिन रहेको डाटाले देखाएको छ ।

    अभिभाका कोर्पोरेट डिरेक्टर राजकुमार भन्छन्, “हामीलाई थाहा छ पछिल्लो १८ महिना सबैका लागि व्यक्तिगत रुपमै चुनौतिमय समय रह्यो । त्यसैले पनि अधिकांश मानिसहरु अहिले जीवनका केही कठिन निर्णय लिनु अघि आफ्नो प्राथमिकताबारे पुनः विचार गर्न थालेका छन् ।”

    यसैगरी घरपालुवा जीव जस्तु पाल्ने र पैसा कहाँ लगानी गर्ने जस्ता विषयमा लिइने निर्णय पनि धेरैका लागि अत्यन्तै कठिन हुने गरेको सर्वेक्षणले देखाएको छ । इन्डिपेन्डेन्टबाट


    क्याटेगोरी : अन्तराष्ट्रिय, मुख्य समाचार, समाज


    प्रतिक्रिया दिनुहोस