• The Public Today
  • आइसीसी विश्वकप क्रिकेट लिग-२:आज नेपाल र ओमान भिड्दै


    काठमाडाैं,भदौ २९ गते ।आइसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय क्रिकेट शृंखलामा नेपाल र ओमानबीच प्रतिस्पर्धा हुँदैछ ।

    ओमानको मस्कटस्थित अल अमेरात क्रिकेट मैदानमा नेपाल र ओमानबीचको खेल आज मंगलबार आज अपराह्न सवा ४ बजे हुनेछ ।

    लिग–२ श्रंखलामा नेपालले आफ्नो दोस्रो खेल खेल्न लागेको हो । सोमबारको खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो । नेपालका युवा व्याट्सम्यान कुशल भुर्तेल र रोहित पौडेलले उत्कृष्ट ब्याटिङ गरेसँगै नेपालले अमेरिकालाई पराजित गरेको हो ।

    त्यसअघि नेपालले पपुवा न्युगिनी पीएनजी विरुद्ध भएको दुई मैत्रीपूर्ण एकदिवसीय शृंखला आफ्नो पक्षमा २/० ले पारेको थियो ।

    ओमान नेपालविरुद्ध सहज जितको खोजीमा छ । ओमान यसअघिका १० खेलमा १६ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ ।न्युज कारखाना


    क्याटेगोरी : अन्तराष्ट्रिय, खेलकुद, मुख्य समाचार


    प्रतिक्रिया दिनुहोस