• The Public Today
  • विद्यार्थीको हौसल्ला बढाउँदै रोट्रयाक्ट क्लब


    राजकरण महतो
    काठमाडौँ, भदौ २९ गते ।
    डेढ वर्षदेखि कोरोना महामारीले स्कूल बन्द रह्यो । बालबालिकाले न पढ्न पाए न त अतिरिक्तक्रियाकलापमा रमाउन सके । महामारीले बच्चाहरुको दैनिकी प्रभावित बन्यो ।

    शैक्षिक क्षेत्रमा परेको गहिरो प्रभाव न्यूनीकरण गर्न रोट्रयाक्ट क्लब अफ बर्दिबासले सिर्जनात्मक कदम चालेको छ । अन्तराष्ट्रिय बालदिवसको अवसरमा वार्ड स्तरीय हाजिरीजवाफ प्रतियोगिताको आयोजन गरेको छ ।

    बर्दिबास वडा नम्बर १ स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ । मोर्डन गुरुकुल बोर्डिङ्ग स्कूलको उत्कृष्ट प्रदर्शन गर्दै पहिलो स्थान हाँसिल ग¥यो । एभरेष्ट बोर्डिङ स्कुल दोस्रो, देउराली माध्यमिक विद्यालय तेस्रो र बर्दिवास बोर्डिङ्ग स्कूल चोथौं भयो ।

    नौलो शैलीमा प्रतियोगिताका राउण्डहरु राखिएको थियो । स्ट्राटप ¥यापिड फाएर, बज्जर , अडियो–भिडिओ ल र ग्याम्बलिङ्ग राउण्ड गरि पाँच राउण्डमा प्रतियोगित संचालन गरिएको थियो । विद्यार्थीहरुले यसलाई रुचाएका थिए ।

    रोट्रयाक्ट क्लब अफ बर्दिवास रोटरी क्लबको भातृ क्लबको हो ।विगतका वर्षदेखि यो क्लबले शिक्षा, स्वास्थ्य एवं शान्तिको क्षेत्रमा सिर्जानात्मक कार्य गर्दै आएको छ ।

    ‘युवाको उत्साह र नवीन विचारलाई सहि सदुपयोग गरेर हामी पाँच वर्षदेखि रचनात्मक सामाजिक कार्य गर्दै आएका छौं,’रोटरी क्लवका पुर्व अध्यक्षद्वय शम्भु भट्टराई र हिरा गौतमले एकै स्वरमा भने,‘ रोट्रयाक्टका युवाको समाजिक रुपान्तरणको योजनामा हाम्रो साथ सधैं रहनेछ ।’
    शिक्षा, स्वाथ्य, शान्ति निर्माणका क्षेत्रमा रचनात्मक कार्य गरिरहने रोट्रयाक्ट क्लब अफ बर्दिवासका अध्यक्ष निरज सुवेदीले बताए ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राष्ट्रिय, समाज


    प्रतिक्रिया दिनुहोस