• The Public Today
  • चीनमा शक्तिशाली भूकम्प: दुई जनाको ज्यान गयो


    बेजिङ,भदौ ३१ गते । चीनमा शक्तिशाली भूकम्प गएको छ । सिचुयान प्रान्तमा ६ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पमा परी दुई जनाको मृत्यु भएको छ । बिहीबार बिहान गएको सो भूकम्पको गहिराई १० किलोमिटर छ ।

    अमेरिकी भूर्गभ सर्वेक्षण निकायले भने सो भूकम्प ५ दशमल ४ म्याग्निच्युड भएको जनाएको छ ।

    भूकम्पबाट चोङकिङ सहरदेखि दक्षिणपश्चिमको क्षेत्र प्रभावित भएको जनाइएको छ । सो क्षेत्रमा केही संरचना भत्किएका छन् । एजेन्सी


    क्याटेगोरी : मुख्य समाचार, विदेश


    प्रतिक्रिया दिनुहोस