• The Public Today
  • धनुषामा मोटरसाइकल दुर्घटना : एकको मृत्यु, एक घाईते


    द पब्लिक टुडे
    ढल्केवर, असोज १ गते ।
    धनुषामा मोटरसाईकल दुर्घटनामा एकजनाको ज्यान गएको छ ।

    पूर्व—पश्चिम राजमार्ग अन्तर्गत धनुषाको मिथिला नगरपालिका–६ ढल्केवरमा शुक्रवार विहान पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको लु. ७२ प. ४७९२ नम्बरको मोटरसाईकल र विपरित दिशाबाट जाँदै गरेको स. ४ प. ५९२६ नम्बरको मोटरसाईकल एकआपसमा ठोक्किदा दुर्घटना भएको हो ।

    दुर्घटनामा परेर स. ४ प. ५९२६ नम्बरको मोटरसाईकल चालक सिरहाको विष्णुपुर गाउँपालिकास्थित नरहाका अन्दाजी ३० वर्षिय रुपेश यादवको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरिक्षक प्रदीप सुवेदीले जानकारी दिए ।

    उनका अनुसार लु. ७२ प. ४७९२ नम्बरको मोटरसाईकल चालक धनुषाको गणेशमान चारनाथ नगरपालिका–६ बस्ने ४६ बर्षिय मोहम्मद हासिम घाइते भएका छन् । घाइतेको उपचार स्थानीय स्वास्थ्य केन्द्रमा भइरहेको र उनको अवस्था सामान्य रहेको प्रहरी निरिक्षक सुवेदीले जनाए ।

    मृतकको शव पोस्टमार्टमका लागि जनकपुरस्थित प्रादेशिक अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस