द पब्लिक टुडे
ढल्केवर, असोज १ गते । धनुषाको ढल्केवरबाट चोरी गरेको रकमसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
चोरीको रकमसहित धनुषाको मिथिला नगरपालिका–६ का २२ बर्षिय सुरज लामालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरिक्षक प्रदीप सुवेदीले जानकारी दिए ।
गएराति २ बजेको समयमा मिथिला नगरपालिका–७ ढल्केवरमा स्थानीय शिवकुमार महतोले सञ्चालन गरेको अभिषेक जेनरल स्टोर्सबाट सटर फुटाएर चोरी भएको थियो ।
घटनाको अनुसन्धान गर्दै जाँदा चोरी भएको ६ घण्टा नबित्दै शुक्रवार विहान प्रहरीले चोरीको आरोपमा लामालाई पक्राउ गरेको हो ।
पक्राउ परेका लामाको घरमा खानतलासी गर्दा चोरी भएको सम्पूर्ण रकम साढे १९ हजार रुपैया बरामद भएको प्रहरी निरिक्षक सुवेदीले जनाए ।
उनका अनुसार लामामाथि चारी कसुरमा मुद्दा दर्ता गरेर घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।