• The Public Today
  • प्रदेश २ : हरहिसाबको माग गर्दै नगरपालिकामा चौथोपटक तालाबन्दी


    सिरहा, असोज १ गते । हरहिसाबको माग गर्दै स्थानीयवासीले सिरहाको कल्याणपुर नगरपालिकामा चौथो पटक पुनः तालाबन्दी गरेका छन् ।

    नगरपालिकाबाट भएको कामकाज र त्यसमा भएको खर्चको हरहिसाब पटकपटक माग गर्दै आए पनि सुनुवाइ नभएपछि पुनः तालाबन्दी गरेको स्थानीयवासीले बताएका छन् ।

    कार्यवाहक नगरप्रमुख रोहिणीकुमारी यादवलाई पटकपटक हिसाबकिताब सार्वजनिक गर्न माग गर्दै आए पनि आलटाल गरेकाले पुनः तालाबन्दी गरेको स्थानीयवासी प्रदीप साहले जानकारी दिए ।

    जिल्लाका अधिकांश स्थानीय तहले नगरसभाबाट हरहिसाब सर्वाजनिक गरिसके पनि कल्याणपुरले अझै नगरसभा गर्न नसकेको र हरहिसाबसमेत सार्वजनिक नगरेकाले विरोधस्वरुप तालाबन्दी गरिएको उनले बताए ।

    यसअघि पनि पटकपटक स्थानीयले हरहिसाब सार्वजनिक गर्नुपर्नेलगायतका मागसहित तालाबन्दी गरेका थिए । नगरप्रमुख सूर्यनाथ मण्डल निलम्बनमा परेपछि उपप्रमुख यादवले कार्यवाहक नगर प्रमुखका रुपमा कार्य सम्हाल्दै आएका छन् ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, समाज


    प्रतिक्रिया दिनुहोस