• The Public Today
  • नेपालले अमेरिकालाई दियो १७५ रनको सामान्य लक्ष्य


    काठमाडौं, असोज १ गते । नेपालले विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलामा अमेरिकालाई १ सय ७५ रनको सामान्य लक्ष्य दिएको छ ।

    ओमानको मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले १०५ बलमा ३ चौकासहित ५५ रनको इनिङ खेलेका थिए ।

    राष्ट्रिय टोलीमा डेब्यू गरेका गुल्शन झासँग ५१ रनको साझेदारी गर्दै कप्तान मल्लले नेपालका लागि महत्त्वपूर्ण ५० रन पूरा गरे ।

    ओपनर कुशल भुर्तेल ४३ बलमा ५ चौका र १ छक्कासहित ३६ रन बनाएर पेभेलियन फर्किँदा आशिफ शेख ३ रनमा आउट भए ।

    त्यस्तै, रोहित पौडेल २ मा पेभेलियन फर्किँदा विनोद भण्डारीले १० रन मात्र जोडेर आउट भए । डेब्यू खेलाडी गुल्शनले ५३ बलमा २ चौका र १ छक्कासहित २८ रनको योगदान गरे । कुशल मल्ल, सोमपाल कामी २ र करण केसी १२ रन बनाएर पेभेलियन फर्केका थिए । त्यस्तै सन्दीप लामिछाने ११ रन जोडेर अन्तिम विकेटको रूपमा आउट हुँदा सुशन भारी २ रनमा अविजित रहे ।

    अमेरिकाका लागि कप्तान सौरभ नेत्राभल्करले ४, काएल फिलिपले २ तथा करिमा गोर, एल्मोर हचिन्सन र नोस्ठुस केन्जिगेले १र१ विकेट लिए ।

    सोमबारदेखि सुरु भएको शृंखलाको पहिलो खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा ओमानसँग ५ विकेटले नै पराजित भएको नेपालको यो तेस्रो खेल हो ।


    क्याटेगोरी : खेलकुद, मुख्य समाचार


    प्रतिक्रिया दिनुहोस