• The Public Today
  • किशोरीमाथि सामूहिक करणी, एक नियन्त्रणमा


    दाङ, असोज १ गते । दाङमा एक १४ वर्षीया किशोरी सामूहिक जवरजस्ती करणीको शिकार भएकी छिन् ।

    प्रहरीले जबरजस्ती करणीको आरोपमा एक जनालाई नियन्त्रणमा लिउको छ भने एक जना फरार रहेका छन् ।

    प्रहरी नियन्त्रणमा पर्नेमा तुलसीपुर उपमहानगरपालिका–११ बस्ने कैलाली घर भएका २२ वर्षीय साहु भन्ने विष्णु सुनार रहेका छन् ।

    सुनार र तुलसीपुर उपमहानगरपालिका–११ बस्ने २४ वर्षीय उमेश विकले ती किशोरीलाई सोही ठाउँको एक कटेजको कोठामा लगी सामूहिक करणाी गरेको प्रहरीले जनाएको छ ।

    जबरजस्ती करणी गरेको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले सुनारलाई पक्राउ गरेको हो ।

    पक्राउ परेका सुनारमाथि जिल्ला अदालत दाङबाट सात दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।

    फरार रहेका उमेशको प्रहरीले खोजी गरिरहेको जनाएको छ ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राष्ट्रिय, समाज


    प्रतिक्रिया दिनुहोस