देशभर एक हजार ६६ जना संक्रमित थप

सांकेतिक तस्विर

काठमाडौं,असोज २ गते । देशभर पछिल्लो २४ घन्टामा एक हजार ६६ जना कोरोनाका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार ११ हजार तीन सय ८५ जनाको पिसिआर र एन्टिजेन परिक्षण गर्दा एक हजार ६६ जना संक्रमित थपिएका हुन। यस्तै १६ जना संक्रमितको मृत्यु भएको छ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार २८ पुगेको छ।

आज १२ सय ३४ जनाले कोरोनालाई जितेका छन् भने हाल देशभर २५ सय ८२ जना सक्रिय संक्रमित रहेका छन्।

आज देशभर १ लाख ७० हजार ३१७ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्। हालसम्म नेपालमा ५५ लाख ६१ हजार ८ सय ८५ जनाले कोरोना विरुद्धको पूर्ण खोप लगाएका छन्। यस्तै ६१ लाख ९८ हजार ९ सय ३६ जनाले पहिलो डोज खोप लगाएका छन्।