• The Public Today
  • आईसीसी विश्वकप क्रिकेट लिग–२ : नेपाल ओमान भिड्दै


    काठमाडौं,असोज ३ गते ।आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय शृंखलामा नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दैछ । आइतबार नेपालले अल अमिरात क्रिकेट मैदानमा दोस्रो पटक घरेलु टोलीको सामना गर्न लागेको हो । नेपाल र ओमानबीचको खेल केलुकी ४ः१५ बजे सुरु हुनेछ ।

    यसअघि ओमानसँग पराजित भएको नेपाल बदला लिने योजनासहित मैदान उत्रने छ । पहिलो भेटमा नेपाल ओमानसँग ५ विकेटले पराजित भएको थियो । ओमान भने नेपालविरुद्ध लगातार दोस्रो जित निकाल्ने दाउमा हुनेछ ।

    लिग २ शृंखलाको पहिलो खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा ओमानसँग पराजित नेपाल शुक्रबारसमेत अमेरिकासँग ६ विकेटले पराजित भएको थियो ।

    लिग २ मा नेपाल ७ खेलमा ६ अंक जोडेर छैटौं स्थानमा रहेको छ । ओमान १२ खेलमा २० अंक जोडेर शीर्ष स्थानमा रहेको छ । न्युज कारखाना


    क्याटेगोरी : खेलकुद, मुख्य समाचार


    प्रतिक्रिया दिनुहोस