• The Public Today
  • ४० किलो चाँदीसहित एक जना नियन्त्रणमा


    काठमाडौं,असोज ५ गते । रौतहटबाट ४० किलो चाँदीसहित एक जनालाई नियन्त्रणमा लिएको छ।

    मंगलबार गौर नगरपालिका ४ स्थित बसपार्कबाट सर्लाहीको मलंगवा नगरपालिका २ का ३५ वर्षीय विद्यानन्द साह सोनारलाई लिईएको हो ।

    अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले चेकजाँचका क्रममा उनलाई चाँदीसहित पनियन्त्रणमा लिईएको हो ।

    उनले दुवै हातमा कालो रंगको झोला बोकी हिँडिरहेका थिए। दुवै झोलाभित्र कार्टुन भित्र सिलबन्दी गरिएको सेतो रंगको प्लाष्टिक भित्र चाँदी जस्तो देखिने स–साना टुक्राहरु फेला पारेको थियो।

    बरामद चाँदीको आजको बजार मुल्य ३९ लाख ४४ हजार रुपैयाँ पर्छ। आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाइएको प्रहरीले जनाएको छ। नेपाल खबर


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राष्ट्रिय, समाज


    प्रतिक्रिया दिनुहोस