• The Public Today
  • सर्पको टोकाइबाट दिदी-भाइको ज्यान गयो


    सञ्जीव विक्रम साह
    सप्तरी, असोज ६ गते ।

    सप्तरीमा सर्पको टोकाइबाट एकै परिवारका दिदी–भाइको ज्यान गएको छ ।

    जिल्लाको खडक नगरपालिका वडा नं.–२ सिस्वाबेल्हीका १४ वर्षीय सुनिता मण्डल र ९ वर्षीय कृष्ण मण्डलको सर्पको टोकाइबाट ज्यान गएको प्रहरीले जनाएको छ ।

    घरमा राति सुतेको ठाउँमा सर्पले टोकेपछि उनीहरूलाई सिराहाको लहानस्थित रामप्रसाद उमाप्रसाद स्मारक अस्पताल लगिएको थियो ।

    सुनिताको उपचारको क्रममा लहानस्थित अस्पतालमा ज्यान गएको र कृष्णलाई राजविराजको गजेन्द्रनारायण सिंह अस्पताल लगेपछि उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरीका प्रवक्ता एवं डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राष्ट्रिय, समाज


    प्रतिक्रिया दिनुहोस