• The Public Today
  • महोत्तरी : लाखौंका लत्ताकपडासहित दुई मोटरसाईकल नियन्त्रणमा


    आरएन महतो
    गौशाला, असोज ६ गते ।
    महोत्तरी प्रहरीले भारतबाट अवैध रूपमा भन्सार छलि गरि नेपाल ल्याउँदै गरेको ६ लाखभन्दा बढी मूल्य बराबरको लत्ताकपडासहित दुईवटा मोटरसाईकल नियन्त्रणमा लिएको छ ।

    जिल्लाको लोहारपट्टी नगरपालिका वडा नं. ६ स्थित भारतीय नम्बर बिआर ३० ए २०४६ र नम्बर प्लेट नलेखेको अर्को एक मोटरसाईकलमा लत्ताकपडा लोड गरी ल्याउँदै गरेको अवस्थामा प्रहरीले विभिन्न किसिमका लत्ता कपडाहरु बरामद गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले बताए ।

    प्रहरी बरामद गरेको कपडाहरुको मूल्य अन्दाजी ६ लाख ३ हजार ३ सय ६३ रुपिया रहेको र आवश्यक कारवाहीको लागी जलेश्वर भन्सार कार्यालय मलिवारा बुझाईएको प्रहरी नाउव उपरीक्षक विष्टले बताए ।

    तस्विर : जिल्ला प्रहरी कार्यालय, महोत्तरी


    क्याटेगोरी : अर्थ, ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राष्ट्रिय, समाज


    प्रतिक्रिया दिनुहोस