• The Public Today
  • प्रहरीको कार्यलय एवम् आवास व्यवस्थित गर्न प्रतिबद्ध छौं : मन्त्री साह


    द पब्लिक टुडे
    गौशाला, असोज ६ गते ।
    प्रदेश २ का आन्तरिक मामिला तथा संचार मन्त्री भरत प्रसाद साहले इलाका प्रहरी कार्यालय भेडिया, सप्तरीको भवन उद्घाटन गरेका छन् ।

    नवनिर्मित भवनको उद्घाटन गर्दै मन्त्री साहले प्रहरीको सुरक्षित आवासको जिम्मेवारी प्रदेश सरकारको भएको वताए । उनले भने,– ‘प्रहरी प्रशासनको व्यवस्थित कार्यलाय एवम् आवास हाम्रो प्रमुख जिम्मेवारीहरु मध्यको एक रहेको छ । हामी प्रदेश २ का सम्पुर्ण प्रहरी प्रसशासनको कार्यलय एवम् आवास व्यवस्थित गर्न प्रतिबद्ध छौं ।’

    भवन उद्घाटन कार्यक्रममा प्रदेश २ का आन्तरिक मामिला तथा संचार राज्य मन्त्री रुबी कर्ण, प्रदेश सांसद पसमिना कादरी, दिलिप साह, फुलिया देबी सादा, पूर्व सांसद अमर मण्डल, फुलिया देबी, जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरिक्षक राजेन्द्र प्रसाद धमलालगायतले सम्बोधन गरेका थिए ।

    इलाका प्रहरी कार्यालयको साढे ३ तल्ले भवन ५ करोड १३ लाखमा निर्माण भएको छ ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राष्ट्रिय, समाज


    प्रतिक्रिया दिनुहोस