• The Public Today
  • बजारमा चिनीको अभाव छैन : वाणिज्य विभाग


    द पब्लिक टुडे
    गौशाला, असोज ६ गते ।
    बजारमा चिनीको अभाव नभएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनएको छ । विभागले बुधवार बजारमा चिनीको अभाव नरहेकाले हल्लाको पछि लागेर आवश्यकताभन्दा बढी चिनी खरिद नगर्न आग्रह गरेको छ ।

    पछिल्लो समय बजारमा चिनीको अभाव देखाएर मूल्य बढाउने चलखेल भएपछि बुधवार विज्ञप्ति निकाल्दै विभागले यस्तो बताएको छ । ‘उपभोक्ताहरूमा भ्रम सिर्जना गर्ने खालका सूचना बाहिर ल्याई चिनीको मूल्य बढाउने प्रक्रिया सुरु भएको छ,’ विभागले भनेको छ, ‘तर, बजारमा आगामी ३ महिनाका लागि पुग्ने चिनी छ ।’

    बजारमा पर्याप्त मात्रामा चिनी रहेकाले उपभोक्ताहरूले हतासमा चिनी चाहिनेभन्दा बढी खरिद गरेर भण्डारण नगर्नसमेत विभागले आग्रह गरेको छ ।


    क्याटेगोरी : अर्थ, मुख्य समाचार, राष्ट्रिय, समाज


    प्रतिक्रिया दिनुहोस