• The Public Today
  • धनुषा : जवरजस्ती करणी आरोपमा वृद्ध प्रहरी नियन्त्रणमा


    द पब्लिक टुडे
    जनकपुरधाम, असोज ६ गते ।
    धनुषामा जवरजस्ती करणी गरेको आरोपमा एक जना वृद्ध प्रहरी नियन्त्रणमा परेका छन् ।

    जिल्लाको धनुषाधाम नगरपालिका–५ पर्वताका ६० वर्षीय एक जना वृद्धलाई बुधबार धनुषा प्रहरीले नियन्त्रणमा लिएको हो । ती वृद्धले १५ दिन पहिले गाउँकै १२ वर्षीया बालिकालाई जवरजस्ती करणी गरेको आरोप लागेको छ ।

    धनुषाधाम इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरेश ठाकुरले घटना पुरानो भएपनि बाहिर अहिले आएको बताए । उनले मौखिक उजुरीको अधारमा नियन्त्रणमा लिएका जानकारी दिए । बालिकाको परिवारले उजुरी दिने तयारी गरिरहेको उनको भनाइ छ । बालिका घाँस काट्न गएको बेला उनले ललाइफकाइ जवरजस्ती करणी गरेको आरोप लागेको छ । ती वृद्धमाथि जबरजस्ती करणी मुद्दा चलाउने तयारी भइहेको छ ।

    प्रहरी नियत्रणमा परेका वृद्ध इलाका प्रहरी कार्यालय धनुषाधामको हिरासतमा छ । करिब दुई सातापछि घटनाबाहिर आएकाले मेडिकल रिर्पाटबाट जवरजस्ती करणी गरेको पुष्टि हुन नसक्ने जानकारहरूको भनाइ छ । तर, स्थानीय युवकले पक्राउ परेका वृद्धले जबर्जस्ती करणी गरेको भिडियो मोबाइलमा कैद गरेको बताइएको छ । बाह्रखरी


    क्याटेगोरी : अपराध, ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राष्ट्रिय, समाज


    प्रतिक्रिया दिनुहोस